Technology Khabar ७ फाल्गुन २०७९, आईतवार
काठमाडौं ।
भीभो इन्डिया वाई–सिरिज अन्तर्गतको भीभो वाई१०० ले डेब्यू गरेको एक दिन पछि भीभो वाई५६ फाइभजीको घोषणा गर्दै आफ्नो वाई सिरिजमा अर्को एक सदस्य थपेको छ। उक्त डिभाइसमा डाइमेन्सिटी ७०० चिपसेट, ६.५८ इन्चको एफएचडी प्लस एलसीडी स्क्रिन र ५,००० एमएएच ब्याट्री समावेश गरिएको जीएसएमएरीनाले बताइएको छ।
त्यसैगरी फोनमा ५० मेगापिक्सेल मुख्य क्यामराको सँगै २ मेगापिक्सेलको डेफ्थ हेल्पर र १६ मेगापिक्सेलको सेल्फि क्यामरा रहेको बताइएको छ। डाइमेनसिटि ७०० एसओसी चिपका साथै फोनमा ८ जीबीको र्याम र १२८जीबीको स्टोरेज समावेश गरिएको र उक्त स्टोरेजलाई माईक्रोएसडी स्लट मार्फत थप विस्तार गर्न सकिने उल्लेख गरिएको छ। फोनमा एन्ड्रोइड १३ मा आधारित फङसन ओएस सफ्टवयर रहेको र १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएचको ब्याट्री समावेश गरिएको बताइएको छ।
भीभो वाई५६ फाइभजी ब्ल्याक इन्जिन र ओरेन्ज सिमर गरी दुई ओटा रङ्गहरुमा उपलब्ध हुने उल्लेख गरिएको छ। साथै फोनको मूल्य १९,९९९ भारु (२४० अमेरिकी डलर) कायम गरिएको बताइएको छ।
प्रकाशित: ७ फाल्गुन २०७९, आईतवार