
काठमाडौं ।
सोनी ग्रुप कर्पको सेमीकन्डक्टर डिभिजनलाई संयुक्त राज्य अमेरिका, जापान र नेदरल्याण्ड्सबाट चीनमा चिप निर्यात रोकबाट सीमित प्रभाव हुने सोनी सेमीकन्डक्टर सलुसनका प्रमुख कार्यकारी तेरुशी शिमिजुले बताएका छन्।
सोनी स्मार्टफोन र अटोमा व्यापक रूपमा प्रयोग हुने इमेज सेन्सरहरूको संसारको सबैभन्दा ठूलो निर्माता हो। यसका प्रतिस्पर्धीहरूमा दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेड रहेको छ।
बेइजिङको प्राविधिक र सैन्य प्रगतिलाई सुस्त बनाउन अमेरिकाले गत वर्ष अक्टोबरमा चीनमा हुने सेमिकण्डक्टर निर्यातमा व्यापक प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। रोयटर्सको रिपोर्टअनुसार नेदरल्याण्ड्स र जापानले गत महिना पनि चिप सम्बन्धी निर्यात प्रतिबन्धहरूमा सहमति जनाएका थिए, यद्यपि कुनै विवरणहरू उपलब्ध छैनन्।
“सोनीको सुरक्षा क्यामरा सम्बन्धित उत्पादनहरूको ढुवानी अमेरिकी निर्यात रोकहरूबाट प्रभावित हुन सक्छ, शिमिजुले भने, “तर यो थोरै मात्र हुनेछ।”
यसको बिक्रीमा नकारात्मक प्रभाव सम्भवतः एक बिलियन येन भन्दा बढी हुनेछ, तर १० बिलियन येन भन्दा कम, वा इकाईको कुल राजस्वको १ प्रतिशत भन्दा कम हुनेछ।
चिप डिभिजनले मार्च ३१, २०२३ मा समाप्त हुने वर्षको लागि कुल बिक्री १.४२ ट्रिलियन येनमा आउने अपेक्षा गरेको रिपोर्टमा उल्लेख छ।
शिमिजुले कम्पनीको माइक्रोचिप अपरेशनहरू फराकिलो प्रतिबन्धहरूबाट थोरै प्रभावित हुने बताएका छन्, किनकि डिभिजनले सामान्यतया अत्याधुनिक चिपहरू ह्यान्डल गर्दैन।
प्रकाशित: ७ फाल्गुन २०७९, आईतवार