के स्मार्टफोन बनाउन सुन/चाँदी प्रयोग हुन्छ ? जान्नुहोस् बिग्रेको फोनबाट कति सुन निकाल्न सकिन्छ

  • Technology Khabar | ६ फाल्गुन २०७९, शनिबार
के स्मार्टफोन बनाउन सुन/चाँदी प्रयोग हुन्छ ? जान्नुहोस् बिग्रेको फोनबाट कति सुन निकाल्न सकिन्छ

काठमाडौं ।

विश्वभर सुनको भाउ बढिरहेको छ। नेपाली बजारमा पनि सुनको भाउ प्रति तोला १ लाख भन्दा धेरै छ। तर के तपाईलाई थाहा छ- तपाईको हातमा रहेको स्मार्टफोनमा पनि सुन छ ? तपाईको हातमा रहेको स्मार्टफोनमा मात्र होइन, हरेक स्मार्टफोनमा सुन छ। ट्याब्लेटमा पनि सुन पाइन्छ। तर, ट्याब्लेट र स्मार्टफोनमा पाइने यो सुनको मात्रा निकै कम हुन्छ। यो सुनले तपाईलाई करोडपति बनाउँछ भन्ने होइन।

यस्तो अवस्थामा स्मार्टफोनबाट सुन निकाल्ने प्रयास नगर्नुहोस्, तर मनमा प्रश्न आउन सक्दछ कि फोनमा करिब कति सुन हुन्छ ? आउनुहोस् यसको जवाफ जानौं।

फोनमा कति सुन हुन्छ ?

यो प्रश्नको सही जवाफ दिन अलि गाह्रो छ, तर संयुक्त राष्ट्र संघले एक प्रतिवेदन पेश गरेको थियो। यस प्रतिवेदनमा ४१ मोबाइलबाट १ ग्राम सुन निकाल्न सकिने बताइएको छ। थाहा पाउनुहोस् मोबाइलमा सुन कुन ठाउँमा पाइन्छ वा प्रयोग गरिएको हुन्छ ?

स्मार्टफोनमा कतिवटा तत्व हुन्छन् ?

तपाईको स्मार्टफोनमा सुन, तामा र चाँदी आदि सहित लगभग ६० प्रकारका विभिन्न तत्वहरू छन्। वास्तवमा, सुन, चाँदी र तामा विद्युतको राम्रो सुचालक (अर्थात गुड कन्डक्टर) हो। सामान्यतया स्मार्टफोनको सर्किटमा सुनको पातलो तह दिइन्छ। किनकी सुन बिग्रँदैन र यसले एक टिकाऊ कनेक्सन कायम राख्छ।

के पुरानो स्मार्टफोनबाट सुन निकाल्न सक्छु?

स्मार्टफोनमा दिइएको सुनको मात्रा निकै कम हुन्छ। यदि तपाई पुरानो स्मार्टफोनबाट सुन निकाल्ने सोचमा हुनुहुन्छ भने यो निकै कठिन काम हुनेछ। स्मार्टफोनबाट सुन निकाल्ने काम पेशेवरहरूले मात्र गर्न सक्छन्। यसमा सुनको मात्रा यति सानो छ कि तपाईलाई केवल १ ग्राम सुन निकाल्न ४१ स्मार्टफोन चाहिन्छ।

स्मार्टफोनमा कति सुन हुन्छ ?

स्मार्टफोनबाट सुन निकाल्न विशेष रसायन पनि प्रयोग गरिन्छ। सुन निकाल्ने यो प्रक्रिया पनि निकै लामो र झन्झटिलो रहेको छ। यदि तपाई आफ्नो स्मार्टफोनमा रहेको सुनको मूल्य कति होला भन्ने सोच्दै हुनुहुन्छ भने यसको मूल्य केबल १०० देखि २०० रुपैयाँको हाराहारीमा मात्र हुनेछ। यो भन्दा बढी मूल्यको सुन कुनै पनि स्मार्टफोनमा राखिँदैन्।

तर सुनकै कभर लगाएर बनाईएको विशेष लग्जरी स्मार्टफोनको कुरा गर्नुहुन्छ भने त्यो अलग्गै विषय हो। जसको मूल्य करोडौंमा हुनसक्दछ।

प्रकाशित: ६ फाल्गुन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...