
काठमाडौं ।
आगामी सेप्टेम्बरमा एप्पलको आईफोन १५ प्रोलाई प्रो म्याक्स र दुई अन्य मोडेलहरूसँगै लन्च गरिने अपेक्षा गरिएको छ। उक्त आगामी फोनको पहिलो अनुमानित रेन्डरहरू देखा परेको र सीएडी–आधारित भएकाले एच वरिपरि केही रफ भएको उल्ल्लेख गरिएको छ। नयाँ आईफोन आधिकारिक भएसँगै आफ्नो उत्पादनहरू तयारी अवस्थामा रहोस् भनेर उक्त सीएडी फाइलहरु एप्पलले नयाँ उत्पादनहरू लन्च गर्नु अघि एसियाका एसोसोरिज निर्माताहरूलाई पठाउँने गरेको छ। सीएडी फाइलहरूमा आधारित यी रेन्डरहरू चिनियाँ केस निर्माताबाट उत्पन्न भएको उल्लेख गरिएको छ।
अन्ततः यस वर्ष आईफोनहरू यूएसबी पोर्ट सहित आउने भएका छन् र यस विषयमा धेरै पटक अफवाह पनि आउने गरेको जीएसएमएरिनामा उल्लेख गरिएको छ। उक्त आईफोनको नयाँ डिजाइन अनुसार फ्रेम अलिकति कर्भियर रहेको र फ्रेममा ग्लासलाई कर्भ गरिएको देखिने उल्लेख गरिएको छ। साथै यो प्यान आउट भएको खण्डमा यसले गर्दा फोनलाई समात्न धेरै सहज हुने बताइएको छ।
आईफोन १४प्रोहरुको तुलनामा एप्पलको यस नयाँ मोडलमा क्यामरा बम्प भने स्पष्ट रूपमा बाक्लो(थिकर) हुने बताइएको छ। नयाँ क्यामरा बम्पले यस ठाउँमा थप सुधारहरूका साथै ठूलो सेन्सरको संकेत गरेको उल्लेख गरिएको छ। गत वर्ष देखि नै क्यामेरा आईल्याण्ड भित्र तीन ओटा क्यामेरा र एलआईडीएआर स्क्यानरको व्यवस्था भने परिवर्तित नभएको थप उल्लेख गरिएको छ। यसमा रहने भोल्युम बटनहरू क्यापेसिटिभ हुने र म्यूट स्विच पनि पुनः डिजाइन गरि पहिलेको भन्दा सानो र गोलाकार रहने उल्लेख गरिएको छ। त्यसैगरी आईफोन १५ प्रोको स्क्रिन साइज र रिजोलुसन आफ्नो पूर्ववर्तीहरुको जस्तै समान हुने अपेक्षा गरिएको छ। यद्यपी प्यानलहरुमा भने पातलो बेजेल्स समावेश गरिने र यसले गर्दा नयाँ डिभाइस समग्रमा थोरै सानो हुनेछ। साथै यस नयाँ मोडलमा पनि आईफोन १४ प्रो मा जस्तै डायनामिक आइल्याण्ड रहने थप बताइएको छ।
यद्यपी यी रेन्डरहरूले एप्पलको अन्तिम डिजाइनका सबै पक्षहरू भने प्रतिबिम्बित नगरेको हुन सक्ने भनी जीएसएमएरीनामा उल्लेख गरिएको छ।
प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार