प्रति महिना भारतीयले प्रयोग गर्छन् १९.५ जीबी मोबाइल डाटा

  • Technology Khabar | ५ फाल्गुन २०७९, शुक्रबार
प्रति महिना भारतीयले प्रयोग गर्छन् १९.५ जीबी मोबाइल डाटा
सांकेतिक तस्बिर

काठमाडौं ।

नोकियाको नयाँ रिपोर्ट अनुसार भारतमा पछिल्लो ५ वर्षमा मोबाइल डाटा उपयोग ३ गुणाले बढेको छ। भारतमा मोबाइल टाटा ट्राफिक पछिल्लो ५ वर्षमा ३.२ गुणाले बढेको छ। भारतमा डाटा उपयोग प्रति महिना २०१८ मा ४.५ एक्साबाइटबाट बढेर २०२२ मा १४.४ एक्साबाइट पुगेको छ। रिपोर्ट अनुसार २०२२ मा एक भारतीय नागरिकले प्रति महिना औसतमा १९.५ जीबी डाटा उपयोग गरेका छन्।

नोकिया वार्षिक रिपोर्ट
नोकियाले बिहीबार आफ्नो वार्षिक मोबाइल ब्रोडब्यान्ड इन्डिया ट्राफिक इन्डेक्स (एमबीटी) रिपोर्ट जारी गरेको छ। नोकियाको रिपोर्टमा भारतीय मोबाइल बजारको विकासका सम्बन्धमा धेरै महत्वपूर्ण जानकारी दिइएको जागरणले उल्लेख गरेको छ। यसमा मोबाइल डाटा खपत तथा विकास फोरजीदेखि फाइभजीमा भइरहेको संक्रमणका साथ निजी नेटवर्कका साथ पाँचौ पुस्ताको मोबाइल सिस्टम फाइभजी अपनाउने सम्भावना पनि समावेश गरिएको छ।

बढ्यो मोबाइल डाटाको खपत
रिपोर्टमा अक्टोबर २०२२ मा भारतमा कमर्शियल फाइभजी सेवा शुरु भएसँग मोबाइल डाटाको खपत बढेको देखिन्छ। दूरसञ्चार सेवा प्रदायक (सीएसपी)हरुले फाइभजी नेटवर्क नयाँ क्षेत्रमा तीब्र गतिमा विस्तार गरिरहेका छन्। भारतमा कुल मोबाइल डाटा ट्राफिकमा फोरजी तथा फाइभजी सब्सक्राइबर्सको हिस्सा करिब सतप्रतिशत छ।

औसत डाटा खपतमा तीब्र वृद्धि
२०१८ पछि प्रति प्रयोगकर्ता औसत डाटा खपत तीब्र गतिमा वृद्धि भएको छ। २०२२ मा प्रति प्रयोगकर्ता प्रति महिना डाटा खपत १९.५ जीबीसम्म पुगेको छ। २०२४ सम्म भारतमा उपयोग गरिने कुल मोबाइल डाटा दुई गुणा भन्दा बढी हुने सम्भावना छ। रिपोर्टमा २०२२ मा ७० मिलियन भन्दा धेरै फाइभजी डिभाइस भारतमा ढुवानी हुने अनुमान गरिएको थियो।

प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार