मिडियाटेकको पहिलो ४ एनएम मिडरेञ्ज चिपसेट डाइमेन्सिटी ७२०० घोषणा

  • Technology Khabar | ५ फाल्गुन २०७९, शुक्रबार
मिडियाटेकको पहिलो ४ एनएम मिडरेञ्ज चिपसेट डाइमेन्सिटी ७२०० घोषणा

काठमाडौं ।

मिडियाटेकले आफ्नो पछिल्लो डाइमेन्सिटी ७२०० सँगै आफ्नो चिपसेटको लाइनअपमा नयाँ चिपसेट थपिएको घोषणा गरेको छ। उक्त चिपसेट हाईइण्ड डाइमेन्सिटी ९२०० जस्तै २जेन टीएसएमसी ४एनएम (प्रोसेस) प्रक्रियामा आधारित रहेको र फाइभजी सपोर्ट, गेम अप्टिमाइजेसन र उच्च ब्याट्री दक्षता जस्ता फिचरहरू रहेको उल्लेख गरिएको छ।

उक्त ओक्टा–कोर सीपीयूमा २.८ गीगाहर्जसम्म क्लक्ड गरिएको दुईओटा एआरएम कोरटेक्स–ए७१५ पर्फमेन्स कोरहरु र ६ ओटा कोरटेक्स–ए५१० इफिसेन्सी कोरहरु रहेका छन्। पर्फमेन्सको गीकबेन्चको नतिजा अनुसार डाइमेन्सिटी ७२०० ले स्न्यापड्रागन ७ जेन १ भन्दा माथि स्कोर गरेको मिडियाटेकले बताएको छ।

कम्पनीको आन्तरिक परीक्षण अनुसार म्यानहट्टन जीएफएक्स बेन्चमार्कमा क्वाड कोर एआरएम माली जी६१० को ग्रफिक्स यूनिटले १०० देखि १२० एफपीएस को बिचमा स्कोर गरेको छ। साथै एचडी प्लस रिजोल्युसन भन्दा बढी नपुगेसम्म डिस्प्लेले १४४ हर्ज रिफ्रेस रेटसम्म सपोर्ट गर्नेछ।

२०० मेगापिक्सेल सम्मको मुख्य क्यामरा सपोर्ट गर्न सक्ने डाइमेन्सिटी ७२०० मिडियाटेकको इमाजीक्यू ७६५ र १४–बिट एचडीआर–आईएसपीयुक्त भएको बताइएको छ। साथै यसले फोरके एचडीआर भिडियो क्याप्चर गर्नुका साथै अल–पिक्सेल अटोफोकस प्रयोग गरी १०८०पी रिजोलुसनको डुअल भिडियो क्याप्चर पनि सपोर्ट गर्ने उल्लेख छ। लो–लाईटको खण्डमा भने चिपसेटले मोसन–कम्पेन्सेटेड नोइज रिडक्सन प्रयोग गर्ने बताइएको छ।

चिपसेट मिडियाटेकको एपीयू (एआई प्रोसेसिङ यूनिट) सँग आउने र यस एपीयूले ब्याट्री खपतलाई सुधार गरि कम्प्युटेसनल फोटोग्राफीमा मद्दत गर्ने छ।

गेमिङको लागि भनी डाइमेन्सिटी ७२०० उर्जा बचतका लागि एआईमा आधारित भेरिएबल रेट सेडिङ्ग (भीआरएस) प्रयोग गर्ने मिडियाटेकको हाईपरइन्जिन ५.० सँग आउनेछ।

चिपसेटले सब–६ गीगाहर्ज फाइभजी सहित २ सीसी क्यारियर एग्रिगेसन र ४.७ जीबीपीएस सम्मको थ्यौरिटिकल डाउनलोड स्पिडस सपोर्ट गर्ने छ। साथै यसले डुअल फाइभजी सिम सहित भीओएनआर पनि प्रदान गर्ने बताइएको छ। त्यसैगरी वाई–फाई ६ई र ब्लुटुथ ५.३ पनि यसको प्याकेजको हिस्सामा रहेको उल्लेख गरिएको छ।

डाइमेनसिटि ७२०० ले ६४००एमबीपीएस सममको र्याम स्पिड र यूएफएस ३.२ स्टोरेज सपोर्ट गर्ने छ।

सन् २०२३ को पहिलो त्रैमासिकमा चीनमा आइपुग्ने डिभाइसहरूमा डाइमेन्सिटी ७२०० समावेश भएको देखिने अपेक्षा गरिएको छ।

प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...