मर्सिडीज–एएमजी पेट्रोनास एफ१ टोलीसँग क्वालकमको सहकार्य

  • Technology Khabar | ५ फाल्गुन २०७९, शुक्रबार
मर्सिडीज–एएमजी पेट्रोनास एफ१ टोलीसँग क्वालकमको सहकार्य

काठमाडौं ।

क्वालकमले एक वर्ष अघि फेरारी एफ१ टोलीसँग साझेदारीमा हस्ताक्षर गरेको थियो। बुधबार अनावरण गरिएको यस वर्षको फेरारी कारमा भने चिप निर्माताको लोगो नदेखिएको बताइएको छ। त्यसको स्पष्टीकरणको रुपमा मर्सिडीज–एएमजी पेट्रोनास एफ१ ले आफ्नो २०२३ को कार अनावरण गर्दै क्वालकम अब आफ्नो साझेदारहरू मध्ये एक भएको पुष्टि गरेको बताइएको छ।

यस साझेदारीको अलग प्रकारको अनलाइन र अफलाइन अनुभवहरू प्रदान गर्ने उद्देश्य रहेको उल्लेख गरिएको छ। क्वालकमले मर्सिडीज–एएमजी पेट्रोनास एफ१ टोलीलाई समावेश गरी केही इमर्सिभ भीआर वा नन्–भीआर रेसिङ अनुभवहरू प्रदान गर्नको लागि कुनै कार्य वा योजनामा रहेको हुन सक्ने अपेक्षा गरिएको छ।

साथै टेक कम्पनी क्वालकमले आफ्नो सबै प्रविधिहरू प्रयोग गरी एफ१ टोलीलाई आफ्नो यूके स्थित क्याम्पसमा अत्याधुनिक स्मार्ट स्पेस स्थापना गर्न मद्दत गर्ने उल्लेख गरिएको छ। स्न्यापड्रागनले प्रिमियम अनुभवहरू प्रदान गर्ने र हाम्रा साझेदारहरू क्लासमा उत्कृष्ट रहेको भनी क्वालकमको एसभीपी र सीएमओ, डन म्याकगुइरेले बताए। साथै उनले मर्सिडीज–एएमजी पेट्रोनास फर्मूला वान टिम एफ१मा अग्रणी टेक–फर्वार्ड टोली भएको र आफ्नो आदर्श साझेदारको रुपमा स्न्यापड्रागन ब्रान्डलाई छनोट गर्दै विश्वभरका फ्यानहरूका लागि स्न्यापड्रागनल ल्याएर फ्यान अनुभवको पुनः कल्पना गर्न प्रतिबद्ध रहेको बताए।

क्वालकमको साझेदारी मर्सिडीज–एएमजी एफ१ डब्लु१४ ई पर्फमेन्स कार भन्दा परको रहेको उल्लेख गरिएको छ। साथै चालकको रेसिङ सुट, वरिष्ठ कर्मचारीको कपडा र मर्सिडिजको ग्यारेजमा समेत क्वालकमको लोगो देखिने बताइएको छ।

प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...