डिशहोमको नयाँ कनेक्सन अब मात्र रु. २,९९९ मा

  • Technology Khabar | ४ फाल्गुन २०७९, बिहीबार
डिशहोमको नयाँ कनेक्सन अब मात्र रु. २,९९९ मा

काठमाडौं ।

डिशहोमको नयाँ कनेक्सन अव मात्र २,९९९ मा जडान गर्न सकिने भएको छ। सिमित अवधिको लागि यो छुट योजना लागुहुने जनाएको छ।

डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने अफर समेत संचालन गरिरहेको छ। डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर तथा अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ र हरेक साता १ जना भाग्यशाली ग्राहकहरुले नगद रु. एक लाख नगद उपहार यस अफर मार्फत जित्नसक्ने जानकारी दिएको छ।

यस्तै डिशहोमको नियमित रिचार्जमा २० प्रतिशतसम्म बोनस पाउन सकिन्छ। डिशहोमका डिलरहरुमार्फत फण्ड ट्रान्सफर, वा रिचार्ज कार्डबाट मात्र रिचार्ज गर्दा १ महिना वा रु. १,००० भन्दा कमको रिचार्जमा ५ प्रतिशत, रु. १,००० को रिचार्जमा १० प्रतिशत वोनस र रु. २,००० को रिचार्जमा २० प्रतिशत वोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना वोनस प्राप्त गर्न सकिनेछ।

नेपालभर रहेका डिशहोमका डिलर, तथा सव डिलर विक्रेताहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरि थप बोनस योजनामा सहभागिता जनाउन सक्नेछन् साथै रिचार्ज कार्डबाट बोनस प्राप्त गर्न सकिने जानकारी दिएको छ।

फण्ड ट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने जनाएको छ।

प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार