
काठमाडौं ।
आइएमई पे मार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ।
ग्राहकवर्गहरूलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तै कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सक्नेछन्।
ग्राहकवर्गहरुले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा जारी गरिएको हो।
ट्राफिक फाइन तिर्नका लागि ग्राहकहरूले आइएमई पेको एपमा गवर्नमेन्ट सेवामा गइ सूचीमा देखाइएको ट्राफिक फाइनमा गई मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार