सामाजिक सञ्जालमा गरिने विज्ञापनको भुक्तानी विज्ञापन बोर्डको सिफारिशमा गर्नु पर्ने

  • Technology Khabar | ४ फाल्गुन २०७९, बिहीबार
सामाजिक सञ्जालमा गरिने विज्ञापनको भुक्तानी विज्ञापन बोर्डको सिफारिशमा गर्नु पर्ने

काठमाडौं ।

विदेशी सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा गरिने विज्ञापनको भुक्तानी विज्ञापन बोर्डको सिफारिशमा गर्नु पर्ने भएको छ।

बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै विदेशी सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत विज्ञापन प्रकाशन तथा प्रसारण गर्दा गराउँदा विदेशी मुद्रा विदेश पाठउनु पर्ने भए बोर्डको सिफारिशमा मात्र पठाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ।

समाजिक सञ्जाल तथा विदेशी सञ्चार माध्यमहरुमा गरिने विज्ञापनको भुक्तानी विदेशी रकमबाट गर्नु पर्ने हुन्छ। तर धेरै संघ संस्थाहरुले बोर्डको सिफारिश बिना विदेशी रकममा भुक्तानी गर्दै आएका छन्।

अबदेखि विज्ञापन बापतको विदेशी शुल्क भुक्तानी गर्नु अघि बोर्डबाट सिफारिश अनिवार्य गरिएको हो।

प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार