एप्पलको मिक्स्ड रियालिटी हेडसेट डब्लुडब्लुडीसीमा सार्वजनिक हुने

  • Technology Khabar | ४ फाल्गुन २०७९, बिहीबार
एप्पलको मिक्स्ड रियालिटी हेडसेट डब्लुडब्लुडीसीमा सार्वजनिक हुने

काठमाडौं ।

एप्पलको मिक्स्ड रियालिटि हेडसेट आगामी जूनमा आयोजना हुने वर्ल्डवाइड डेभलपर्स कन्फेरेन्स (ब्लुडब्लुडीसी) मा प्रिमियर गर्ने तयारी भइरहेको ब्लूमबर्गले उल्लेख गरेको छ। ‘रियलिटी प्रो’ को नाममा आउने सम्भावना रहेको उक्त डिभाइस अनौपचारिक रूपमा अप्रिलमा आउने बताइएको छ। उक्त डिभाइसको हार्डवेयर र सफ्टवेयर समस्याहरू सम्बोधन गर्नको लागि थप विकास समय ९डेभलपमेन्ट टाईम० आवश्यक परेपछि निर्धारित समयमा ल्याउन नसकिएको हो। यद्यपि उक्त हार्डवेयर यस वर्षको अन्त सम्ममा ढुवानीको लागि तयार हुने सम्भावनामा छ।

उक्त हेडसेटको मूल्य ट्याग उच्च हुने अपेक्षा गरिएको र सम्भवतः ३,००० अमेरिकी डलरसम्म पर्न सक्छ। साथै उक्त हेडसेटको विकल्पको रूपमा रहेको मेटा क्वेस्ट प्रोमा पनि नभएका क्षमताहरू यसमा समावेश हुन सक्ने अपेक्षा गरिएको छ। उक्त हेडसेटमा ४के डिस्प्लेका साथै एडभान्सड् ट्र्याकिङ र कन्ट्रोलर–फ्रि इनपुट प्रदान गर्ने वाइड रेन्जको क्यामरा समावेश गरिएको छ। ब्याट्री भने छुट्टै एक्सटर्नल प्याकमा रहेको र यसको एम२ प्रोसेसरले मोबाइल चिपहरू भन्दा राम्रो प्रदर्शन गर्दछ।

उक्त हेडसेटमा रहेको आधारभूत प्लेटफर्म एक्सआरओएसमा अन्तरक्रियाको लागि भ्वाइस कमान्ड र फिङ्गर पिन्चमा आधारित आईओएस–स्टाइल इन्टरफेस रहेको उल्लेख गरिएको छ। साथै यस हेडसेटमा स्वास्थ्यलाई ध्यानमा राखि फेसटाइम कलहरूको द्वौरान फुल–बडी अवतारहरू जस्ता परिचित एक्सपिरियन्सहरूको संस्करणहरुलाई अपग्रेड गरिएको दाबी गरिएको छ। त्यसैगरी सिरी प्रयोग गरेर एपहरू सिर्जना गर्न थप सजिलो हुने बताइएको छ।

हेडसेटको यस प्रारम्भिक मोडेल सिर्जनाकर्ताहरू र उत्साहीहरूका लागि लक्षित गरिएको बताइएको छ। उक्त हेडसेटले डब्लुडब्लुडीसीमा डेब्यू गरि सार्वजनिक भएपछि विकासकर्ताहरूलाई हेडसेटको टेक्नोलोजीलाई बुझ्न मद्दत पुग्ने बताइएको छ। त्यसैगरी १,५०० अमेरिकी डलर मूल्य रहेको क्वेस्ट प्रो को जस्तै मूल्य बराबरको किफायती हेडसेटमा एप्पलले काम गरिरहेको अफवाहहरू पनि छन्। यद्यपि उत्तm किफायती हेडसेटको डिजाइन २०२४ भन्दा अगाडि नआउने बताइएको र मिक्सड् रियालिटि हेडसेटलाई नै थप पहुँचयोग्य बनाउने कम्पनीको दीर्घकालीन रणनीति रहेको संकेत गर्ने उल्लेख गरिएको छ।

प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...