अमेरिकी सूचना प्रविधि फर्म अभाया होल्डिङ्ग्सद्वारा दिवालियापन सुरक्षाको लागि पुन:निवेदन

  • Technology Khabar | ४ फाल्गुन २०७९, बिहीबार

काठमाडौं ।

अमेरिकी सूचना प्रविधि फर्म अभाया होल्डिङ्ग्स कर्पले आफ्नो अघिल्लो ऋण पुनर्संरचना पूरा गरेको पाँच वर्षपछि अमेरिकामा च्याप्टर ११ दिवालियापन सुरक्षाको लागि पुन:निवेदन दायर गरेको छ।

कम्पनीले तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको नयाँ पुनर्संरचना योजनाका लागि ९० प्रतिशतभन्दा बढी ऋणदाताको समर्थन रहेको बताएको छ।

यसका साथमा अभायाले ७८० मिलियन डलरको फण्डिङ्ग सुरक्षित गरेको आईटी फर्मले मंगलबार भनेको छ।

अभायाले पुनर्संरचना प्रक्रिया पूरा भएपछि आफ्नो कुल ऋण ७५ प्रतिशतले घटाएर करिब ३.४ बिलियन डलरबाट करिब ८० करोड डलर पुग्ने बताएको छ।

नयाँ पूँजीले “प्रक्रियाको क्रममा र त्यसभन्दा पछाडि अभायालाई समर्थन गर्न पर्याप्त तरलता प्रदान गर्ने अपेक्षा गरिएको छ,” यसले भन्यो।

प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया