काठमाडौं ।
यस वर्ष इयरबडहरूको वनप्लस लाइनअपमा केही नयाँ इयरबडहरू थपिने अपेक्षा गरिएको छ। गत वर्षको अप्रिलमा डेब्यू भएको नर्ड बड्सको उत्तराधिकारीको रुपमा नर्ड बड्स २ यसपटक आउने बताइएको छ।
मोडेल नम्बर ई५०८ए भएको वानप्लसको उक्त वानप्लस नर्ड बड्स २ एफसीसी डाटाबेसमा देखा परेको जीएसएमएरीनाले उल्लेख गरेको छ।
वानप्लस नर्ड बड्स २ ले इन–इयर डिजाइनको साथ ब्लुटुथ ५.२ कनेक्टिभिटि प्रदान गर्ने र प्रत्येक इयरबडमा ४१ एमएएच ब्याट्री प्याक रहने बताइएको छ।
साथै चार्जिङ केसको मेजरमेन्ट २२.२७ x ९.२९ x ०.११ एमएम रहेको र वानप्लस बड्स एसमा जस्तै यूएसबी–सी चार्ज सपोर्ट गर्ने ४८० एमएएच ब्याट्री समावेश गरिएको बताइएको छ। त्यसैगरी उक्त बड्सले ४.५ वाटको चार्जिङ स्पीड सपोर्ट गर्ने थप उल्लेख गरिएको छ।
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार