
काठमाडौं ।
नेपाल प्रहरीले फागुन १ गते गोंगबुमा भएको प्रदर्शन तथा आन्दोलनको क्रममा मोबाइल पसलहरुमा लुटपाट गरेको आरोपमा ४ जनासहित १० जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रहरीको सवारी साधन, बिट तथा ट्राफिक आईल्याण्डमा आगजनी तथा तोडफोड गर्ने ६ जना तथा लुटपाटमा संलग्न ४ जना गरी १० जनालाई पक्राउ गरेको जानकारी दिएको छ।
यही फागुन १ गते माछापोखरी चोकमा विभिन्न यातायात मजदुर संघका यातायात व्यवसायीहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न माग राखी गरेको विरोध प्रदर्शनको क्रममा बेलुका भएको लुटपाटमा संलग्नहरुलाई पक्राउ गरेको हो।
गोंगबु नयाँबसपार्क स्थित लोत्से मलमा प्रवेश गरी डाइमण्ड मोबाईल प्रालि, एसीडीसी मोबाईल प्रालि तथा काठमाडौँ सुपर मार्केट प्रालिमा तोडफोड गरी उक्त पसलहरु भित्र रहेका मोबाईल, मोबाईलको चार्जर, रिचार्ज कार्ड, एयरफोन लगायतका सामानहरु चोरी गरेको भन्ने सूचनाको आधारमा ४ जनालाई पक्राउ गरेको जनाएको छ।
मोबाइल चोरीको आरोपमा पक्राउ गर्नेमा दैलेख भगवती गाउँपालिका घरभई हाल काठमाडौँ तारकेश्वर बस्ने चिरन रेग्मी, काठमाडौँ महानगरपालिका सामाखुसी बस्ने नविन खड्गी, रुपन्देही खैरेनी नपा घरभई हाल कामनपा २६ बस्ने सुजन खत्री, झापा शिवसताक्षी नपाका हाल काठमाडौँ महानगरपालिका वडा नं १५ स्वयम्भु बस्ने प्रदिप बस्नेत रहेका छन्।
उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २०, चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाईएको प्रहरीले जानकारी दिएको छ।
यसका साथै विरोध प्रदर्शनको क्रममा प्रहरी वृत्त बालाजुबाट तथा सुरक्षाका लागि खटिएका अन्य थप प्रहरी कर्मचारीहरू लिई गएको सवारी साधन आगजनी गर्ने तथा प्रहरी विट र आइल्याण्ड समेतमा तोडफोड तथा आगजनी गर्ने ६ जनालाई पक्राउ गरेको छ।
उनीहरुलाई समेत मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम पराधिक उपद्रव गर्न नहुने कसुर सम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान अगाडी बढाईएको छ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार प्रहरीकव गाडी भित्र रहेको मोटोरेला वेस सेट थान-१, फायर स्ट्रिङ्गुईजर थान-१, मेगा फोन थान-१ लगायतका जिन्सी सामनहरू पूर्ण रुपमा जलि नष्ट भएको र बा १ झ ७२२४ नम्बरको माज्दा गाडी भित्र रहेको हाईटेरा वेस सेट थान-१, फायर स्ट्रिङ्गुईजर थान-१, मेगाफोन थान-१ समेत जली पूर्ण रुपमा नष्ट भएको छ।
प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार