टिकटकमार्फत गाडी चोर्न सिकाएपछि किया र हुन्डाईद्वारा सफ्टवेयर अपडेट

  • Technology Khabar | ३ फाल्गुन २०७९, बुधबार
टिकटकमार्फत गाडी चोर्न सिकाएपछि किया र हुन्डाईद्वारा सफ्टवेयर अपडेट

काठमाडौं ।

किया र हुन्डाईले सोमबार एक भाइरल टिकटक च्यालेन्जपछि सफ्टवेयर अपडेट जारी गरेको छ। भाइरल टिकटक च्यालेन्जले प्रयोगकर्ताहरूलाई गाडीहरू कसरी ह्याक गर्ने भनेर सिकाएको छ।

तर अहिलेको लागि, यो केवल १० लाख गाडीहरूमा उपलब्ध छ, ४० लाख कारहरुलाई प्याचको आवश्यकता भएको इनग्याजेडले उल्लेख गरेको छ।

यो किया च्यालेन्जको रुपमा कम्तिमा मे महिनामा टिकटकमा सुरु भयो। टिकटक भिडियोमा ‘किया बोयज’ले हट-वायर कारहरूमा यूएसबी कार्ड कसरी प्रयोग गर्ने भनेर देखाइएको छ। कारहरु छिट्टै व्यापक चोरी हुन थाल्यो र प्रतिक्रियाको कमीका लागि निर्माताहरु माथि कार धनीहरुले मुद्दा हाल्न थाले।

टेकक्रन्चले गत सेप्टेम्बरमा रिपोर्ट गरेको क्लास एक्शन मुद्दाले किया र हुन्डाई कारका केही मोडेलहरूमा इन्जिन इमोबिलाइजरको अभाव रहेको बताएको छ। जुन कार चोरीलाई रोक्ने एउटा सामान्य यन्त्र हो जसले पहुँच प्राप्त गर्न सजिलो बनाउँछ।

२०१७–२०२० इलान्ट्रा, २०१५–२०१९ सोनाटा र २०००–२००१ भेन्यू लगायत प्रभावित मोडलका कार मालिकहरूले एन्टी–थेफ्ट अपडेट स्थापना गर्न स्थानीय डिलरशिपमा जान सक्ने हुन्डाईले विज्ञप्तिमा भनेको छ। अपडेटले आक्रमण रोक्नको लागि एन्टी–थेफ्ट स्टिकर, लामो अलार्म, र गाडीलाई खोल्नको लागि पुश स्टार्टको सट्टा भौतिक चाबीको आवश्यकता समावेश गर्दछ। अन्य प्रभावित सवारी साधनहरूका लागि अपडेट जुनसम्म उपलब्ध हुनेछन्। हुन्डाईकोे वेबसाईटमा सम्पूर्ण सूची हेर्न सकिन्छ।

राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनका अनुसार यस बीचमा, किया र हुन्डाईले सवारीसाधन मालिकहरूलाई चोरी रोक्न करिब २६,००० स्टेयरिङ ह्वील लक उपलब्ध गराएको छ।

प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार