भारतमा बन्ने एप्पलको आईफोन केसिङ कमजोर !

  • Technology Khabar | ३ फाल्गुन २०७९, बुधबार
भारतमा बन्ने एप्पलको आईफोन केसिङ कमजोर !

काठमाडौं ।

भारतमा अहिलेसम्म बनाइएका आईफोनका सबै केसिङमध्ये ५० प्रतिशत आईफोन केसिङहरु एप्पल गुणस्तर नियन्त्रणले अस्वीकृत गरेको फाइनान्सियल टाइम्सको एक नयाँ रिपोर्टमा भनिएको छ।

एप्पलका भूतपूर्व कर्मचारीहरूको जानकारीमा आधारित रहेको उक्त रिपोर्टले होसुरमा रहेको भारतीय निर्माण जायन्ट टाटाको प्लान्टमा कम उत्पादनको समस्यालाई उल्लेख गरेको छ। साथै प्रतिवेदनमा अन्य कुनै उत्पादन कारखानाहरू उल्लेख गरिएको छैन्।

भारतमा उत्पादन गरिएका न्यून गुणस्तर आईफोन केसिङ निर्माणले ठूलो हिस्सा आउटसोर्स गर्ने एप्पलको योजनामा ठूलो असर पारेको नयाँ रिपोर्टले दाबी गरेको बताइएको छ। साथै एप्पलका पूर्व कर्मचारीहरूले केसिङ उत्पादनको स्थितिमा सुधार आउने विश्वास व्यक्त गरेका छन्। तर उक्त केसिङ उत्पादनको स्थिति सुधार प्रक्रियामा धेरै समय र प्रयास लाग्ने सम्भावना रहेको पूर्व कर्मचारीहरूले बताएका छन्।

पछिल्लो रिपोर्टअनुसार एप्पलले आफ्नो सबै आईफोन उत्पादन सन् २०२५ सम्ममा भारतमा २५ प्रतिशत सार्ने र २०२७ सम्ममा ५० प्रतिशत सम्म पुर्याउने योजना बनाएको उल्लेख गरिएको छ।

प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार