जेम्स वेब टेलिस्कोपले फेला पार्यो एक अर्ब प्रकाश-वर्ष टाढा मिल्की वे जस्तो ग्यालेक्सी

  • Technology Khabar | ३ फाल्गुन २०७९, बुधबार
जेम्स वेब टेलिस्कोपले फेला पार्यो एक अर्ब प्रकाश-वर्ष टाढा मिल्की वे जस्तो ग्यालेक्सी

काठमाडौं ।

युरोपियन स्पेस एजेन्सी (ईएसए) का खगोलविद्हरूले जेम्स वेब स्पेस टेलिस्कोपको प्रयोग गरी हाम्रो घर मिल्की वेसँग मिल्दोजुल्दो स्पाइरल ग्यालेक्सीको छवि खिच्न प्रयोग गरेका छन्। उक्त एलईडीए २०४६६४८ तारा प्रणाली हर्कुलस नक्षत्रमा हामीबाट एक अर्ब प्रकाश–वर्ष टाढा रहेको र त्यसमा हजारौं ग्यालेक्सीहरू, अरबौं ताराहरू र अनगिन्ती ग्रहहरू रहेका उल्लेख गरिएको छ।

ईएसएले जनवरी ३१ मा रिलिज गरेको उक्त तस्विरलाई यस हप्ता द नावाई टाइम्सले हाइलाइट गरेको इनग्याजेटमा बताइएको छ। विज्ञान सञ्चालनका लागि तयार पारिएको टेलीस्कोपको क्षमताहरू प्रमाणित गर्नको लागि उक्त टेलीस्कोपबाट लिइएको ग्यालेक्सीको यस तस्विरलाई केवल क्यालिब्रेसन छविको रूपमा स्पेस एजेन्सीले वर्णन गरेको बताइएको छ। साथै ईएसएका खगोलविद्हरूले यस तस्विरलाई २०२२को मे २२ मा वेब टेलिस्कोपको नियर इन्फ्रारेड क्यामेरा (एनआईआर क्याम) मार्फत खिचेको उल्लेख गरिएको छ।

उक्त अल्ट्रा–पावरफुल क्यामराले टाढाबाट प्रकाशले उत्पन्न गर्ने लामो इन्फ्रारेड वेभलेन्थहरु पत्ता लगाउन सक्ने बताइएको छ। प्रकाशको वेभलेन्थ हामीबाट टाढा जाँदै गर्दा उक्त वेभलेन्थ अपेक्षित भन्दा रातो नदेखिएसम्म बढ्दै जाने भनी रेडशिफ्टिङले प्रकाशको वेभलेन्थको विस्तारलाई वर्णन गरेको छ। ब्रह्माण्डको विस्तारको कारणले यस्तो हुने गरेको र एलईडीए २०४६६४८ जस्ता डिस्ट्यान्ट स्सिटम्स (टाढाका प्रणालीहरू) पृथ्वीबाट टाढा गईरहने बताइएको छ।

एलईडीए २०४६६४८ वरपरका धेरैजसो देखिने भिजिबल ब्लबहरू पनि ग्यालेक्सीहरू भएको उल्लेख गरिएको छ। त्यसैगरी धेरै ताराहरू तिनीहरूको  डिफ्र्याक्सन स्पाइक प्याटर्नहरुद्वारा चिन्न सकिने थप उल्लेख गरिएको छ। तस्विरमा देखिएका केही वस्तुहरू बिग ब्याङ्ग पछिका ३०० मिलियन वर्ष पुरानो हुन सक्ने बताइएको छ। एक अर्ब प्रकाश–वर्ष टाढाको कुनै पनि चीजको तस्विर हेर्नूको अर्थ भनेको हामीले एक अरब वर्ष पहिलेको ग्यालेक्सीको प्रकाश हेर्नू हो भनी उल्लेख गरिएको छ। त्यसैले खगोलविद्हरू यस्तो प्रारम्भिक ग्यालेक्सीहरूको (र अझै पुरानाहरू पनि) अध्ययन गर्न उत्सुक रहेका छन्। यस प्रकारको अध्ययनले बिग ब्याङ्गबाट कन्डेन्स्ड ताराहरूका प्रकारहरू स्पष्ट पार्न मद्दत गर्ने र कसरी धेरै ग्यालेक्सीहरूको केन्द्रहरूमा सुपरम्यासिभ ब्ल्याक होलहरू रहन गयो भनी सहयोग पुग्ने उल्लेख गरिएको छ।

प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार