सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यकः सञ्चार मन्त्री शर्मा

Technology Khabar ३ फाल्गुन २०७९, बुधबार

सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यकः सञ्चार मन्त्री शर्मा
फाइल तस्विर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक रहेको बताएकी छन्।

नेपालगञ्जमा मंगलबारदेखि सुरु भएको हिमालयन विज्ञान मेलाको उद्घाटन गर्दै मन्त्री शर्माले सरकारले प्रविधिको विकास, सदुपयोग र विस्तारलाई प्राथमिकतामा राखेको स्पष्ट पारिन्।

उनले देशलाई सूचना प्रविधिको क्षेत्रमा आत्मनिर्भर बनाउन प्रविधिलाई जनमुखी बनाउने भन्दै भनिन, “विज्ञान र प्रविधिको विकास गर्नका लागि देशको हरेक क्षेत्रमा लगानी बढाउनुपर्छ र सबैलाई अवसर प्रदान गर्नुपर्छ।”

कार्यक्रममा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले विज्ञान र प्रविधिले देशको विकासमा टेवा पुग्ने भन्दै कृषि र रोजगारलाई पनि प्रविधिसँग जोड्नुपर्ने बताईन्।

हिमालयन साइन्स फाउन्डेसनद्वारा नेपालगञ्ज रङ्गशालामा सुरु भएको दुईदिने प्रदर्शनीमा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीद्वारा तयार पारिएका विज्ञान र प्रविधिसम्बन्धी ३० भन्दा बढी स्टल राखिएको फाउन्डेसनका अध्यक्ष आतङ्क बस्नेतले बताए। उनका अनुसार कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले तयार पारेका सामग्री प्रदर्शनका लागि राखिएका छन्।

प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया