
काठमाडौं ।
इ-कमर्स प्लेटफर्म अमेजनको जूक्सले सार्वजनिक सडकमा चल्ने पहिलो सेल्फ ड्राइभिङ कार ‘रोबोट्याक्सीस’ भएको दाबी गरेको छ। कम्पनीले एक विज्ञप्तिमा गत हप्ता सडकमा स्टेयरिङ ह्वील नभएको विद्युतीय सवारीसाधन चलाएको जनाएको छ।
जूक्सले क्यालिफोर्नियाको फोस्टर सिटीमा सेल्फ-ड्राइभिङ कारमा खाजाको समयमा आफ्ना कर्मचारीहरूलाई एक कम्पनीको भवनबाट अर्कोमा लगेको थियो। यस अवधिमा चालकविहीन यात्रुवाहक गाडी सार्वजनिक सडकमा १ किलोमिटरभन्दा बढी गुडेको थियो। यो परीक्षण लागतरहित कर्मचारी शटल सेवाको सुरुवातको एक हिस्सा थियो जसले कम्पनीलाई यसको प्रविधिलाई परिष्कृत गर्न मद्दत गर्नेछ।
Last week, the @CA_DMV granted our permit to operate our robotaxi autonomously on public roads. This weekend, we hit the road! It marked the first time in history that a purpose-built robotaxi—with no manual controls—drove autonomously on open public roads https://t.co/EzkpDKOK7G… pic.twitter.com/8merkrp5VE
— Zoox (@zoox) February 13, 2023
यो रोबोट्याक्सी स्टेयरिङ ह्वील र पेडल बिना आउँछ र ४ जना यात्रु सिटसहितको छ। यो कारले ५५ किलोमिटर प्रतिघण्टासम्मको गति लिन सक्छ। जूक्सले २०२० को अन्त्यमा रोबोट्याक्सीको परिचय दियो। कम्पनीले यो जूक्स सहरका सडकका लागि डिजाइन गरिएको भएपनि राजमार्गमा पनि राम्रो प्रदर्शन गर्न सक्ने बताएको छ।
हाल यसको उच्च गतिको लागि परीक्षणहरू भइरहेको छ। अमेजनले २०२० मा जूक्स कम्पनी किनेको थियो। स्टार्टअपहरूको समूहहरुका साथ जनरल मोटर्स कम्पनीको क्रूज सहित रोबोट्याक्सीहरू प्रयोगका लागि सडकमा दौडिरहेका छन्। यसैबीच, प्रविधिको सुरक्षाको बारेमा पनि अनुसन्धान भइरहेको छ।
प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार