Technology Khabar ३ फाल्गुन २०७९, बुधबार
काठमाडौं ।
सामसङले गत फेब्रुअरी १ मा अनप्याक्ड इभेन्टमार्फत ग्यालेक्सी एस२३ स्मार्टफोन लाइनअपसँगै ग्यालेक्सी बुक ३ नोटबुक सिरिजको अनावरण गरेको थियो। बुक ३ प्रो र द्यययपघ बुक ३ प्रो ३६० को प्रि–अर्डरहरू गत वर्षको बुक ३ प्रो सिरिजको भन्दा दोब्बर भएको र ग्यालेक्सी बुक ३ अल्ट्राको अहिले विश्वभर प्रि–अर्डरको लागि तयार रहेको कम्पनीले घोषणा गरेको छ।
युरोप र संयुक्त राज्य अमेरिकामा फेब्रुअरी २२ देखि ग्यालेक्सी बुक ३ अल्ट्राको बिक्री र उपलब्धता हुने भएतापनि अन्य देशका ग्राहकहरुले मार्च १५ सम्म कुर्नुपर्ने छ।
ग्यालेक्सी बुक ३ अल्ट्रा सामसङको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली नोटबुक भएको बताइएको छ। उक्त नोटबुकको बडी १६ इन्चको र तौल १.८ केजी रहेको छ। साथै उक्त नोटबुकमा १३ औँ जेनेरेसनको इन्टेल चिपसेट सहित ७६ वाटको ब्यट्री समावेश गरिएको छ।
कोर आई७–१३७००एच प्रोसेसर, आरटीएक्स४०५० जीपीयू, १६जीबी एलपीडीडीआर५ र्याम र ५१२जीबी एनभीएमई एसएसडीका साथै कोर आई९–१३९००एच, आरटीएक्स४०७०, ३२जीबी र्याम र १टीबी स्टोरेजको साथ एक शक्तिशाली सेटअप गरि दुई संस्करणहरू रहेको छ।
उक्त दुई संस्करणहरू कोरिया, अमेरिका, फ्रान्स र जर्मनीमा २,४०० अमेरिकी डलरमा उपलब्ध हुने बताइएको छ। भारतमा महँगो संस्करण मात्र उपलब्ध हुने बताइएको छ र त्यसको मूल्य ३,००० अमेरिकी डलर हुने बताइएको छ।
प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार