एप्पलको नेक्स्ट जेनेरेसन कारप्ले यस वर्ष १४ कार ब्राण्डहरुमा लन्च गरिने

  • Technology Khabar | ३ फाल्गुन २०७९, बुधबार
एप्पलको नेक्स्ट जेनेरेसन कारप्ले यस वर्ष १४ कार ब्राण्डहरुमा लन्च गरिने

काठमाडौं ।

गत वर्ष एप्पलले आफ्नो नयाँ कारप्ले सफ्टवेयर प्रस्तुत गरेको थियो। एप्पलको उक्त नयाँ कारप्ले सफ्टवेयर अब यस वर्ष १४ ओटा कार ब्राण्डहरुमा समावेश गरिने भएको छ। अकुरा, अडि, फोर्ड, होण्डा, इन्फिनिटी, ज्यागुवार, ल्याण्डरोभर, लिन्क्लोन, मर्सिडिज बेन्ज, निसान, पोलस्टार, पोर्श, रेनो र भोल्भो सहितका १४ ओटा ब्राण्डहरुमा एप्पलको नयाँ सफ्टवेयर समावेश गरिने उल्लेख छ।

एप्पलको यस नयाँ सफ्टवेयरको हाइलाइट फिचरहरु मध्ये एक मल्टि–डिस्प्ले सपोर्टले कारप्लेलाई कार भित्रको मुख्य इन्फोटेनमेन्ट स्क्रिनभन्दा बाहिर विस्तार गर्न अनुमति प्रदान गर्ने उल्लेख गरिएको छ। त्यसैगरी लेआउट र स्क्रिनको आकार प्रत्येक कारको लागि कस्टम–टेलर्ड हुने एप्पलले बताएको छ।

यसका साथै इन्स्ट्रूमेन्टल क्लस्टर पनि यसमा समावेश गरिएको छ। कारप्लले विभिन्न डिजाइनहरू, लेआउटहरू बीच छनौट गर्न अनुमति प्रदान गर्नुका साथै निश्चित निर्माताहरूको लागि केही युनिक विकल्पहरू पनि रहेको छ। त्यसैगरी कारप्लेको छाता अन्तर्गतमा क्लाइमेट कन्ट्रोलका साथै एकदम नयाँ एफएम रेडियो एपद्वारा नियन्त्रित एफएम रेडियो पनि रहेको बताइएको छ।

त्यसैगरी कारप्लेले विभिन्न सम्बन्धित जानकारीहरु प्रदान गर्ने विजेटहरू पनि प्रस्तुत गर्ने बताइएको छ। फ्यूल इकोनोमी, यात्रा अवधि, यात्रा गरिएको दूरी, क्यालेन्डर इभेन्टहरू, मौसम, फोन कलहरू, आदि उक्त विजेटमा समावेश रहने बताइएको छ।

प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार