
काठमाडौं ।
बीवाईडीको पछिल्लो रिलिज रहेको सिगल यस वर्षको लागि कम्पनीको एकदमै अपेक्षित इलेक्ट्रिक भेहिकल हो। उक्त स्लिक र स्टाइलिश भेहिकलको भाईब्रेन्ट पहेंलो रङ्गको पेन्ट जब र बोल्ड डिजाइनले हालै तरंगहरू पैदा गरिरहेको र आँखा पकडिरहेको बताइएको छ। साथै उक्त विद्युतिय सवारी साधनको खुला ठाउँमा खिचिएका तस्बिरहरू बाहिरिएको बताइएको छ।
सार्प लाइन्स र कर्नरहरु सहितको रग्ड लुक्सका कारण शीगल आफ्नो जोडा भन्दा फरक देखिने उल्लेख गरिएको छ। भेहिकलको अगाडिको भागमा रहेको क्लोज्ड, ट्र्यापजोइडल एयर इनटेक र दुई ओटा पियरसिङ हेडलाइटहरूले भेहिकललाई युनिक डिजाइन प्रदान गरेको बताइएको छ। साथै ३७८०एमएम x १७१५एमएम x १५४० एमएम डाईमेन्सन सहित २५००एमएम को ह्वीलबेस भएको उक्त नयाँ सिगल ईभी एकदम कम्प्याक्ट रहेको बताइएको छ।
त्यसैगरी नयाँ सिगल ईभीको फोर–ह्वील जिाइनले पर्याप्त भित्री ठाउँको प्रदान गर्ने र फ्रन्ट–फेन्डरमा रहेको चार्जिङ पोर्टले चार्जिङलाई सुविधाजनक बनाएको थप उल्लेख गरिएको छ। लेयर्ड डिजाइन र थ्रु–टाइप टेललाइटस्ले गर्दा भेहिकलको पछाडिको भाग एकदमै अत्याधुनिक र स्टाइलिश देखिने बताइएको छ। साथै टेलगेटमा रहेको सिगल एम्ब्लेमले भेहिकलको पहिचानलाई थप बलियो बनाएको उल्लेख छ।
सिगलको भित्री भाग एक न्यूनतम केन्द्र कन्सोलको साथ एकदमै आकर्षक रहेको बताइएको छ। फ्लोटिंग फुल एलसीडी स्क्रिन, बीवाईडी को (अनुकूली) एडभ्टीप प्याड, र अटोनेभी नेभिगेसनलाई नियन्त्रण गर्ने इन्टरफेस जस्ता फिचरहरु सिगलको भित्री भागमा समावेश गरिएको बताइएको छ। साथै भेहिकल भित्र तल भौतिक बटनहरू पनि देखिएको र तस्बिर केही अस्पष्ट भएकाले यसमा डल्फिनको जस्तै डिजाइन पछ्याउने अपेक्षा गरिएको छ। सिगलको हुड मुनि ५५ किलोवाटको अधिकतम शक्ति प्रदान गर्ने टीजेड१८०एक्सएसएच स्थायी म्याग्नेट सिंक्रोनस ड्राइभ मोटरको पंच प्याक रहेको बताइएको छ।
बीवाईडीको विश्वसनीय लिथियम आइरन फस्फेट सामग्रीबाट ब्याट्रीको निर्माण गरिएको छ। यद्यपी सिगलको क्रुजिङ दायरा भने अझै खुलासा नगरिए तापनि ३०० देखि ४०० किलोमिटर बीचमा हुने अपेक्षा गरिएको बताइएको छ।
रिलिज पश्चात सिगलको उलिङ बिङ्गो जस्ता ईभीहरुसँग प्रतिस्पर्धा हुने छ। यसमा सिगलको मूल्य एक ठूलो निर्णायक कारक बन्ने उल्लेख गरिएको छ। बीवाईडी को किन प्लस डीएम–आईको मूल्य ट्याग १००,००० युआन (१४,३६७ अमेरिकी डलर) रहेको छ भने सिगलको प्रारम्भिक मूल्य ६०,००० युआन (८,७८० अमेरिकी डलर) रहने अपेक्षा गरिएको छ। साथै एक महिनामा सिगलको १०,००० भन्दा बढी युनिट बिक्री हुने अनुमानहरु रहेको र कम्प्याक्ट इलेक्ट्रिक भहिकल खोज्नेहरूका लागि एकदमै उपयुक्त हुने भनी बताइएको छ।
प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार