समृद्धि फाइनान्सको मोबाइल बैंकिङ सेवामा परिवर्तन

  • Technology Khabar | २ फाल्गुन २०७९, मंगलवार
समृद्धि फाइनान्सको मोबाइल बैंकिङ सेवामा परिवर्तन

काठमाडौं ।

समृद्धि फाइनान्सले साविकमा ग्राहकहरुलाई प्रदान गर्दै आएको मोवाइल बैंकिङ सेवालाई एफ वान सफ्ट इन्टरनेशनल प्रा.लि. को बैंक स्मार्ट मोवाइल बैंकिङमा परिवर्तन गरेको छ।

अब फाइनान्सका ग्राहकहरुले मोवाइल बैंकिङ्खबाट एन.सि.एच.एल. को नेपाल पे क्यु आर मर्चेन्ट का साथै फोन पे को क्यु आर मर्चेन्टहरुमा पनि भुक्तानि गर्न सक्ने छन भने फाइनान्सले ग्राहकहरुलाई फोन पे को क्यु आर मर्चेन्ट बनाउन पनि सक्ने भएको छ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत आधुनिक बैंकिङ्ख सेवाहरु प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबिड कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...