लुटिएका मोबाइलको क्षतिपूर्ति नपाए आन्दोलन गर्ने व्यवसायीको चेतावनी

  • Technology Khabar | २ फाल्गुन २०७९, मंगलवार
लुटिएका मोबाइलको क्षतिपूर्ति नपाए आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं ।

काठमाडौंको गोंगबु क्षेत्रमा यातायात मजदुरले गरेको आन्दोलनको मौका पारेर लुटिएका मोबाइल तथा उपकरणको क्षतिपूर्तिको व्यवस्था मिलाउन नेपाल मोबाइल व्यवसायी महासंघले माग गरेको छ।

आज मंगलबार काठमाडौंको गोंगबु बसपार्कमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल मोबाइल व्यवसायी महासंघले क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

आन्दोलनको क्रममा भएको लुटपाट तथा तोडफोडबाट डाइमण्ड स्टार मोबाइलको ८ करोड रुपैयाँ क्षति भएको सञ्चालक अर्जुन चालिसेले बताए।

‘व्यवसायीको नाममा गरिएको आन्दोलनबाट व्यवसायीकै सम्पत्तीमा क्षति गरिएको छ। सिसा फुटाएर गोदाम तथा काउन्टरबाट मोबाइल, नगद रकम, उपकरणलगायत चोरी भएको छ,’ चालिसेले भने, ‘साथै मर्मतका लागि ल्याइको उपभोक्ताको मोबाइल पनि चोरी भएको छ।’ मर्मत गर्न ल्याइएका मोबाइल उपभोक्तालाई हामीले कसरी फिर्ता गर्ने भनेर उनले राज्यसँग प्रश्न गरे।

आन्दोलन गर्नेले नै क्षतिको जिम्मेवारी लिनुपर्ने चालिसेको माग छ।

नेपाल मोबाइल व्यवसायी महासंघका महासचिव रमेशकुमार घिमिरले लुटपाटमा संलग्नहरुलाई सरकारले कारबाही गर्नुपर्ने माग राखे।

‘हामीले क्षतिपूर्तीको सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न पत्रकार सम्मेलन आयोजना गरेका छौं,’ घिमिरेले भने, ‘तत्कालका लागि हामी शान्तिपूर्ण कार्यक्रम गरेका छौं।’

यदि राज्यले क्षतिपूर्तिको व्यवस्था नगरेको खण्डमा सशक्त आन्दोलनमा उत्रिने उनले चेतावनी दिए।

यो पनि हेर्नुस्-

यातायात मजदुरको आन्दोलनको मौका पारेर मोबाइल पसलबाट ८० लाखको मोबाइल लुटियो

प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार