
काठमाडौं ।
स्याङ्जाको वालिङ नगरपालिकाले बजारमा अव्यवस्थित रूपमा रहेका टेलिफोन तथा इन्टरनेटका तार ब्यबस्थापन गर्न सुरु गरेको छ।
बालिककामोड, मिर्दो बजार, तल्लो बालिङ, भकुन्डेलगायतका ठाउँमा अव्यवस्थित रूपमा रहेका तार व्यवस्थापन गरिएको छ।
बजारका अन्य क्षेत्रमा रहेका तारसमेत क्रमशः व्यवस्थापन गरिँदै लगिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले पटकपटक अनुरोध गर्दा बेवास्ता गरेपछि गत भदौमा सम्बन्धित संस्थालाई ३५ दिनभित्र अव्यबस्थित तार इटाउन पालिकाले निर्देशन दिएको थियो।
केबल, इन्टरनेट तथा टेलिफोन सेवा प्रदायक संस्थाहरूले छरपस्ट रूपमा राखिएका तारले बजार नै कुरूप देखिएको भन्दै जनगुनासो आएपछि पालिकाले यसको व्यवस्थापन सुरु गरेको हो। बिजुलीका पोल र छरपस्ट तारका कारण दुर्घटनाको खतरासमेत रहेको ।
पटकपटकको अनुरोधलाई स्थानीय तहले बेवास्ता गरेपछि तार व्यवस्थापन गर्न बाध्य भएको नगर प्रमुख कृष्ण खाणले बताए। उनले भने, “छरपस्ट तारका कारण दुर्घटनाको जोखिम बढेपछि हामीले सरोकारवालालाई निर्देशन दिएका थियौँ तर उहाँहरूले बेवास्ता गरेपछि नगरपालिकाले नै तारहरू हटाउने काम गरेको हो।”
केबल तथा इन्टरनेटको नियमितताका लागि अर्को विकल्प खोज्न व्यवसायीलाई आग्रह गरिएको प्रमुख खाणले बताए।
प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार