मेरो कित्ता प्रणाली देशभरका ५० कार्यालयहरुमा सञ्चालन

  • Technology Khabar | २ फाल्गुन २०७९, मंगलवार
मेरो कित्ता प्रणाली देशभरका ५० कार्यालयहरुमा सञ्चालन

काठमाडौं ।

सरकारले शुरु गरेको नापी विभागको अनलाईन सेवा प्रणाली ‘मेरो कित्ता’ मा ५० ओटा कार्यालयहरुले पहुँच पाएका छन्।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्ध वार्षिक समिक्षा प्रतिवेदनअनुसार सरकारले करिब २ वर्ष अगाडि शुरु गरेको प्रणाली देशभर ५० कार्यालयहरुमा सन्चालनमा रहेको छ।

प्रतिवेदनअनुसार बहुवर्षीय कार्यक्रममार्फत नेपालभरका सम्पूर्ण नापी कार्यालयहरूबाट नेपाल ल्याण्ड इन्फर्मेशन सिस्टम (एनईएलआईसी)  Nepal Land Information System (NeLIS) तथा मेरो कित्ता प्रणाली सञ्चालन सम्बन्धी कार्य ५० कार्यालयमा सञ्चालन भएको उल्लेख छ।

यसका साथै अर्ध वार्षिकसम्म १ सय ६५ स्थानीय तहबाट माग गरिएको भूउपयोग नक्सा डाटा उपलब्ध गराइएको छ भने १ सय स्थानीय तहहरूलाई प्राविधिक सहयोग उपलब्ध गराइएको छ।

यसैगरी नाप जाँचमा प्रयोग हुने ७ सय ५४ नयाँ नापी नक्सा स्क्यानिङ्ग गरी सुरक्षित गरिएको छ।

मेरोकित्ता डट जीओभी डट एनपी (merokitta.gov.np) वेबसाइटमा गएर सेवाग्राहीले आफैँले इन्टरनेटबाटै आफ्नो घरजग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न मिल्दछ।

यो सुविधा कार्यान्वयनमा आएसँगै आफ्नो घरजग्गाको नक्सा प्रिन्ट गर्न र त्यसबापतको शुल्क बुझाउन नापी कार्यालय धाइरहनु नपर्ने भएको हो।

प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार