नोकियाको नयाँ स्मार्टफोन जी२२ गीकबेन्चमा देखियो

  • Technology Khabar | १ फाल्गुन २०७९, सोमबार
नोकियाको नयाँ स्मार्टफोन जी२२ गीकबेन्चमा देखियो

काठमाडौं ।

नोकिया कमपनीको हालै एक रहस्यमय र अघोषित नोकिया जी २२ फोन गीकबेन्च डाटाबेसमा भेटिएको छ। यद्यपी उक्त नयाँ फोन बारे धेरै विवरणहरू उपलब्ध नभएको बताइएको छ। साथै उपलब्ध भएका विवरणहरुले पनि विद्यमान नोकिया जी २१ मा ठूलो अपग्रेड गरिएको जस्तो केही नदेखिएको उल्लेख छ।

गीकबेन्चले रिपोर्ट गरेअनुसार उक्त नयाँ फोनको अज्ञात युनिसक चिपसेटको एकल (सिङगल) र मल्टी–कोर स्कोरहरू धेरै कम रहेको छ। नोकिया जी२१ मा रहेको युनिसक टी ६०६ जस्तै उक्त नयाँ फोनमा पनि १.६१ गीगाहर्जमा क्लक्ड गरिएको ८–कोर युनिट रहेको हुन सक्ने अपेक्षा गरिएको छ।

साथै गीकबेन्चको अनुसार नोकिया जी२२ मा ४ जीबी र्याम रहेको उल्लेख छ। नोकिया जी२१ मा भने मात्र ३ जीबी र्याम रहेको उल्लेख बताइएको छ। त्यसैगरी बेन्चमार्कमा एन्ड्रोइड १२ को बारे पनि उल्लेख गरिएको बताइएको छ। जी२२ का ग्राहकहरूले एन्ड्रोइड १३ र भविष्यमा त्यसभन्दा माथिको स्तरवृद्धिको आशा गर्न सक्ने छन्।

साथै एन्ड्रोइड ११ सहित लन्च गरिएको जी२१ मा भने अब एन्ड्रोइड १३ रहने सम्भावना रहेको उल्लेख गरिएको छ। साथै एचएमडीले पनि दुई वर्षको लागि भनेर सफ्टवेयर अपडेटहरू प्रदान गरेको थप बताइएको छ।

प्रकाशित: १ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...