भारतको चन्डीगढमा इलेक्ट्रिक बाहेकका दुई पांग्रे सवारी दर्ता बन्द

  • Technology Khabar | १ फाल्गुन २०७९, सोमबार
भारतको चन्डीगढमा इलेक्ट्रिक बाहेकका दुई पांग्रे सवारी दर्ता बन्द

काठमाडौं ।

भारतको चन्डीगढमा इलेक्ट्रिक सवारीलाई प्रोत्साहन गर्न फेब्रुअरी १० देखि अप्रिल १ सम्म नन्-इलेक्ट्रिक दुई पांग्रे सवारी दर्ता नहुने भएको छ।

उक्त समय अवधिमा इलेक्ट्रिक दुई पांग्रे सवारी मात्र दर्ता हुनेछ। चन्डीगढ प्रशासनले यो निर्णय ईभी नीति अन्तर्गत गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

चन्डीगढ शहरलाई पर्यावरणमैत्री र हरित सवारी उद्देश्यका लागि चन्डीगढ प्रशासनले इलेक्ट्रिक सवारी नीति २०२२ जारी गरेको छ। यो योजना अनुरुप इलेक्ट्रिक सवारीलाई प्रोत्साहन गर्ने र नन् इलेक्ट्रिक सवारीको बिक्री घटाउने रहेको छ। इलेक्ट्रिक सवारीलाई प्रोत्साहन गर्नका लागि नीतिमा इलेक्ट्रिक तथा हाइब्रिड सवारीमा सडक दस्तुरमा छुट पनि दिइएको छ।

यसका साथै नन् इलेक्ट्रिक सवारीलाई सीमित गर्नका लागि उसको रजिस्ट्रशेनमा क्यापिङका प्रावधान गरिएको छ। गत वर्षको तुलनामा चालु वर्षमा चार पांग्रे १० प्रतिशत र दुई पांग्रे ३५ प्रतिशत कम दर्ता हुने लक्ष्य राखिएको छ।

चन्डीगढ यातायात कार्यालयका अनुसार १० फेब्रुअरी पछि बिक्री गरिएको नन् इलेक्ट्रिक दुई पांग्रे अप्रिल १ पछि मात्र दर्ता गरिनेछ।

प्रकाशित: १ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...