अनेरास्ववियुको महाधिवेशन मतदानमा विद्युतीय मेसिन प्रयोग गरिने

  • Technology Khabar | १ फाल्गुन २०७९, सोमबार
अनेरास्ववियुको महाधिवेशन मतदानमा विद्युतीय मेसिन प्रयोग गरिने

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को सात वर्षपछि हुने महाधिवेशनमा मतदानका लागि विद्युतीय मेसिन प्रयोग गरिने भएको छ।

२३ औं महाधिवेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागो हुने आइतबार पत्रकार सम्मेलनमा अनेरास्ववियुले जानकारी दिएको छ। फागुन २ देखि ४ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा महाधिवेशन हुने गरी सबै तयारी पूरा भएको जानकारी गराए‌को छ।

सुनिता बरालको अध्यक्षतामा रहेको मूल व्यवस्थापन समिति र विभिन्न उपसमितिमार्फत तयारीको काम अघि बढेको जनाएको छ। महाधिवेशनमा देशभरका ७७ जिल्लाका माथि पालिका र जिल्ला कमिटीबाट प्रतिनिधित्व हुनेछ।

प्रकाशित: १ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

एप्पल आईफोन १७ई बाट के आशा गर्ने

  • Technology Khabar
  • १ फाल्गुन २०७९, सोमबार