बेलुन प्रोग्राममा संलग्न ६ चिनियाँ प्रविधि कम्पनी अमेरिकी कालोसूचीमा

  • Technology Khabar | १ फाल्गुन २०७९, सोमबार
बेलुन प्रोग्राममा संलग्न ६ चिनियाँ प्रविधि कम्पनी अमेरिकी कालोसूचीमा

काठमाडौं ।

संयुक्त राज्य अमेरिकाले ६ ओटा चीनका संस्थालाई कालोसूचीमा राखेको छ। यी कम्पनीहरु बेइजिङको एरोस्पेस कार्यक्रमसँग जोडिएको आरोप छ। उनीहरु कथित चिनियाँ जासूसी बेलुनको प्रतिशोध हिस्साका रुपमा थिए। सो बेलुनले अमरिकी हवाई क्षेत्र पार गरेको थियो।

शुक्रबार घोषणा गरिएको आर्थिक प्रतिबन्धले चिनियाँ निगरानी गतिविधिहरूलाई सम्बोधन गर्न फराकिलो प्रयासहरू विचार गर्ने बाइडेन प्रशासनको बाचा पछ्याएको छ र यसले पाँच कम्पनीहरू र एउटा अनुसन्धान संस्थानलाई अमेरिकी प्रविधि निर्यात प्राप्त गर्न अझ गाह्रो बनाउने एपीन्यूजले उल्लेख गरेको छ।

यो कदमले अमेरिका र चीन बीचको कूटनीतिक विवादलाई अझ बढाउने सम्भावना छ। गत साताको अन्त्यमा क्यारोलिना तटमा बेलुन खसालिएका कारण उत्पन्न भएको छ। अमेरिकाले बेलुन खुफिया संकेतहरू पत्ता लगाउन र सङ्कलन गर्न सुसज्जित भएको बताएको छ। तर बेइजिङले यो एक मौसमी यान भएको दाबी गरेको छ।

यस घटनाले अमेरिकी स्टेट सेक्रेटरी एन्टोनी ब्लिन्केनलाई तनाव कम गर्ने उद्देश्यले बेइजिङको उच्च यात्रा अचानक रद्द गर्न प्रेरित गरेको बताईएको छ।

यूएस ब्यूरो अफ इन्डस्ट्री एन्ड सेक्युरिटीले ६ ओटा संस्थाहरूलाई ‘चीनको सैन्य आधुनिकीकरण प्रयासहरूमा विशेष गरी पिपुल्स लिबरेसन आर्मी (पीएलए) एयरशिप र बेलुनहरू सहितको एयरोस्पेस कार्यक्रमहरूमा उनीहरूको समर्थनको लागि लक्षित गरिएको’ बताएको छ।

‘पीएलएले खुफिया र जासूसी गतिविधिहरूको लागि हाई अल्टिट्यूड बेलुन (एचएबी) को उपयोग गरिरहेको छ,’ यसले भन्यो।

वाणिज्य उपसचिव डन ग्रेभ्सले ट्विटरमा आफ्नो विभागले ‘अमेरिकी राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको रक्षा गर्न’ त्यस्ता प्रतिबन्धहरू र अन्य नियामक र प्रवर्तन उपकरणहरू प्रयोग गर्न जारी राख्न हिचकिचाउने छैन भने।

कालोसूचीमा पर्ने ६ ओटा संस्थामा बेइजिङ नान्जियाङ एयरोस्पेस टेक्नोलोजी कम्पनी, चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कर्पोरेशन ४८औं रिसर्च इन्सीट्यूट, डोङगुआन लिङ्कोङ रिमोट सेन्सिङ टेक्नोलोजी कम्पनी, ईगल मेन एभिएशन साइन्स एन्ड टेक्नोलोजी ग्रुप कम्पनी, ग्वाङ्झाउ तियान–हाइ–सियाङ एभिएशन टेक्नोलोजी कम्पनी र शान्क्सी ईगल्स मेन एभिएशन साइन्स एण्ड टेक्नोलोजी ग्रुप कम्पनी छन्।

प्रकाशित: १ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार