एप्पलको आईफोन १५ लाईनअपमा नयाँ क्यामरा बम्प

  • Technology Khabar | १ फाल्गुन २०७९, सोमबार
एप्पलको आईफोन १५ लाईनअपमा नयाँ क्यामरा बम्प

काठमाडौं ।

एप्पलको आईफोन १५ मोडलहरुमा नयाँ क्यामरा बम्प रहने श्रीम्पएप्पलप्रो ले ट्विटरमा उल्लेख गरेको छ। उक्त नयाँ क्यामरा बम्प आईफोन १५ र १५ प्लस को लाइनअपमा रहने भन्ने बारे अहिले व्यापक अफवाह चलिरहेको जीएसएमएरिनामाले उल्लेख गरेको छ।

आईफोन १५ र १५ प्लसमा हालको प्रो मोडलको ४८ मेगापिक्सेलको क्यामरा समावेश गरिने भएकोले क्यामरा बम्प फरक हुन जाने सम्भावना रहेको उल्लेख गरिएको छ। त्यसैगरी फोनको पछाडिको भागमा गरिने डिजाइनको गोलाकार परिवर्तनले गर्दा आईफोन १५ लाईनअपमा नयाँ बम्प हुन जाने अर्को कारणको रुपमा अफवाहहरु फैलिरहेको बताइएको छ।

आईफोन १५ हालको डुओ (६.१“ र ६.७“) जस्तै डिस्प्ले साइजहरुमा आइपुग्ने/उपलब्ध हुने उल्लेख गरिएको छ। साथै आईफोन १५ लाईनअपमा डायनामिक आइल्याण्ड र नयाँ यूएसबी–सी पोर्ट इनहेरिट गर्ने सम्भावना रहेको उल्लेख गरिएको छ। साथै प्रो मोडेलहरूमा भने ६.१–इन्चको आईफोन १५ प्रो वा त्यो भन्दा ठूलो आईफोन १५ प्रो म्याक्स, वा आईफोन १५ अल्ट्रा पनि हुन सक्छ।

प्रकाशित: १ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...