
काठमाडौं ।
नक्कली सवारी चालक अनुमति पत्र सहित ललितपुरको पुल्चोकबाट एक महिलालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। कास्कीको पोखरा जैमरी घर भई हाल ललितपुरको नखिपोट बस्दै आएकी ३५ वर्षीया कञ्चन गुरुङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
गुरुङले चलाएको बा ७८ प ५५ १० नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेक गर्दा गुरुङको साथबाट गंगा तामाङको नाममा रहेको (०१-०६-००२४७९७० वर्ग के) र सोही नम्बरको (वर्ग ए, बी) फोटो फरक-फरक भएको दुईओटा सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) फेला पारेको हो।
नियन्त्रणंमा आएकी गुरुङलाई २ थान सवारी चालक अनुमति पत्र र स्कुटर सहित थप अनुसन्धान तथा कारवाहीका लागी काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन पठाइएको काठमाण्डौ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
प्रकाशित: २९ माघ २०७९, आईतवार