
काठमाडौं ।
सरकारले एकीकृत एस. एम. एस. गेटवे मार्फत ६८ लाख २७ हजार २ सय ७८ ओटा एसएमएस प्रणालीमार्फत पठाइएको जानकारी दिएको छ।
सरकारले लागू गरेको एकीकृत एसएमएस गेटवेको १ वर्षको अवधिमा उक्त संख्यामा एसएमएस पठाईएको हो।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आवको अर्ध वार्षिक समिक्षा प्रतिवेदनअनुसार एकीकृत एसएमएस गेटवे (SMS Gateway) मा हालसम्म ३७ निकायहरूद्वारा जम्मा ६८ लाख २७ हजार २ सय ७८ ओटा एसएमएस प्रणालीमार्फत पठाइएको छ।
सूचना प्रविधि विभागद्वारा निर्मित र सरकारी निकायले प्रयोग गर्ने ‘एसएमएस गेटवे’ २०७८ पुसमा तयार पारिएको थियो।
एसएमएस गेटवे शुरु गर्दा प्रति एसएमएस वापत सरकारी निकायले रु. १ रुपैयाँ ५० पैसा शुल्क तिर्दै आएकोमा यो प्रणाली लागू भएपछि प्रति एसएमएस २० पैसा मात्र शुल्क लाग्ने विभागले बताएको थियो।
सूचना प्रविधि विभागद्वारा सञ्चालित एकीकृत ‘एसएमएस गेटवे’ प्रयोग गरी सरकारी निकायले न्यूनतम शुल्कमा कर्मचारी तथा जनतासँग प्रभावकारी सञ्चार (विभिन्न कार्यक्रमसम्बन्धी सूचना, भुक्तानी तथा सन्देशको जानकारी समयमा पठाउन तथा प्राप्त गर्न) आदानप्रदान गर्न सक्नेछन्।
अर्थ मन्त्रालय तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांकमा कुन कुन ३७ निकायहरुले उक्त सेवा प्रयोग गरे भन्ने बिस्तृत जानकारी उल्लेख छैन्।
प्रकाशित: २९ माघ २०७९, आईतवार