
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले नविकरण प्रक्रिया अघि नबढाएको दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गरेको छ। प्राधिकरणले नविकरण प्रक्रिया अघि नबढाएको भनेर प्रभु डिजिट र एलएनटी इन्फोटेकको लाइसेन्स खारेज गरेको हो।
प्रभु डिजिटल काठमाडौं र एलएनटी इन्फोटेक कास्कीको कम्पनी हो।
प्रभु डिजिटिलले अनुपतिपत्र अनुमतिपत्र नं. फि.ज १.१२१) र एलएनटी इन्फोटेक अनुमतिपत्र (अनुमतिपत्र नं. फि.ज १.१२२) नविकरणका लागि नियमाअनुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार एने, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको सूचनामा उल्लेख छ।
नियमानुसार तिर्न/बुझाउनु पर्ने रकम सूचना जारी भएको मितिले ३० दिन भित्र तिर्न पनि प्राधिकरणले अनुरोध गरेको छ। बक्यौता रकम नबुझाए कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ।
प्रकाशित: २९ माघ २०७९, आईतवार