
काठमाडौं ।
जब ट्राफिक संकेतको कुरा आउँछ, दिमागमा आउने पहिलो तस्वीर रातो, हरियो र पहेंलो बत्तीहरू हुन्। सुरुदेखि नै यी तीनवटा बत्तीबाट ट्राफिक सङ्केतहरू भनेर चिनिन्छन्। तर अब परिवर्तनको समय आएको जस्तो देखिन्छ।
अमेरिकाको नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले अब यसमा सेतो प्रकाश अर्थात ह्वाईट लाइट प्रयोग गर्ने विचार प्रस्तुत गरेका छन्। यसको पछाडिको तर्क भनेको इन्जिनियरहरूले यसबाट ट्राफिक प्रवाहलाई राम्रोसँग नियन्त्रण गर्ने बताउँछन्।
नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीले ट्राफिक सिग्नलको बारेमा अनुसन्धान जारी राखेको छ। त्यहाँका ट्रान्सपोर्ट इन्जिनियरहरूले यो अनुसन्धान गरेका हुन, जसमा ट्राफिक सिग्नलमा रातो बत्ती, पहेँलो बत्ती र हरियो बत्तीसँगै सेतो बत्ती अर्थात् ह्वाईट लाइट पनि समावेश गर्न भनिएको छ। इन्जिनियरहरू भन्छन् कि यसले अटोनोमस भेहिकल (एभी) मार्फत ट्राफिक नियन्त्रण गर्न मद्दत गर्नेछ, सवारी साधनहरू जुन स्व-नियन्त्रित हुन्छन्।
अनुसन्धान विश्वविद्यालयको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको छ। यस अनुसन्धानमा सेल्फ ड्राइभिङ भेहिकलहरूले आफ्नो इन्टेलिजेन्स (बुद्धिमत्ता)को मद्दतले यात्राको समयलाई न्यूनतम स्तरमा लैजान र इन्धनको प्रयोगलाई पनि धेरै हदसम्म कम गर्न सक्ने गरी कम्प्युटरको सहयोगमा यस्तो अवस्था सिर्जना गरी अनुसन्धान गरिएको छ।
अन्वेषकहरूले यसलाई व्हाइट फेज इन्टरसेक्शन नाम दिएका छन् जहाँ सेल्फ-ड्राइभिङ गाडीहरूले आफ्नो कम्प्युटिङ शक्ति प्रयोग गर्न र बाटोमा रहेको ट्राफिक प्रवाह मापन गर्न सक्षम हुनेछन्। यसका लागि उनीहरू एकअर्कासँग सम्पर्क गर्न सक्षम हुनेछन् र कुनै पनि चोक वा ट्राफिक सिग्नलमा ट्राफिक अवस्थाको जानकारी लिई यात्राको समयलाई कम गर्न सक्षम हुनेछन्। यसले गाडीमा प्रयोग हुने इन्धनको पनि बचत हुनेछ। यो काम ट्राफिक सिग्नलमा जडान गरिएको मुख्य कम्प्युटरबाट हुनेछ, जसमा स्वायत्त सवारी साधनहरू पनि जोडिएका हुन सक्नेछन्।
अर्थात्, ट्राफिक सिग्नलमा रहेको मुख्य कम्प्युटरले यसको डाटाको आधारमा अटोनोमस भेहिकलको कम्प्युटरमा जानकारी पठाउनेछ र चौबाटोमा पुग्दा सेतो बत्ती बाल्नेछ। जब स्वायत्त सवारी साधनले यो सेतो बत्ती देख्छ, जसमा त्यो चौबाटोमा पहिले देखि नै धेरै एभीहरु छन् भनेर उसले थाहा पाउनेछ र तदनुसार प्रत्येक वाहनले आफ्नो दिशा निर्धारण गर्नेछ। यहाँ एउटा फाइदा यो पनि हुनेछ कि मानिसले चलाउने त्यस्ता सवारी साधनले त्यो स्वायत्त सवारीलाई मात्र पछ्याउनुपर्नेछ र त्यो सवारीसाधनले नै त्यस रुटमा राम्रो ट्राफिक प्रवाह भएको बाटोमा लैजान्छ।
समग्रमा यो अनुसन्धानले यसमा सेल्फ ड्राइभिङ गाडीको ठूलो योगदान हुने देखाएको छ। यी सवारी साधनहरूले कुनै क्षेत्रको ट्राफिक, स्थान, अवस्था आदिको जानकारी सङ्कलन गर्नेछन र सोही अनुसार ट्राफिकको लागि उत्तम प्रवाह निर्धारण गर्नेछ। र यात्रुहरूले मात्र यी सवारी साधनहरू पछ्याउनेछन् किनभने यी सवारीहरू पहिले नै उनीहरूको इन्टेलिजेन्सको मद्दतले उत्कृष्ट मार्गमा दौडिरहेका हुनेछन्। तर, जब कुनै चौबाटोमा धेरै एभीहरू छैनन् भने यस्तो अवस्थामा, ट्राफिक सिग्नल आफैंले परम्परागत तीन-लाइट ढाँचामा काम गर्नेछ।
प्रकाशित: २९ माघ २०७९, आईतवार