
काठमाडौं ।
भ्यालेन्टाइन डे नजिकै आउँदै छ। यो दिन आउनुअघि नै मानिसहरु आफ्नो पार्टनरलाई विशेष महसुस गराउन नयाँ तरिकाको खोजीमा हुन्छन्। प्रेम व्यक्त गर्ने सबैभन्दा पुरानो तरिका ‘प्रेम पत्र’ हो। तर, आजको जमानामा यसको चलन कम भएको छ र मानिससँग आफ्नो मनको कुरा लेख्ने समय पनि छैन। साथै, प्रेम पत्र लेख्नु सबैको लागि चियाको कप होइन किनभने आफ्नो भावना व्यक्त गर्न सही शब्दहरू प्रयोग गर्न अझ गाह्रो छ।
यसैबीच, यदि तपाइँले आफ्नो विशेष साथीको सहयोगमा तपाइँको पार्टनरको लागि प्रेम पत्र लेख्ने योजना गर्दै हुनुहुन्छ भने,अब नयाँ प्रयोग गर्न सक्नुहुनेछ। यदि तपाइँ चाहनुहुन्छ भने, तपाइँ आजकल लोकप्रिय माइक्रोसफ्टको ‘एआई’ को मद्दत लिन सक्नुहुन्छ।
पछिल्लो दिनमा निकै चर्चामा रहेको च्याटजीपीटीले यसमा तपाईँलाई सहयोग गर्न सक्नेछ। यसले सोधेअनुसारको गित कविता कथा वा विभिन्न जानकारीहरु प्रदान गर्दछ। र जहाँ तपाईँले प्रेम गित लेख्नका लागि अनुरोध मात्र गर्नुपर्छ।
साइबर-सुरक्षा कम्पनी म्याकफीद्वारा गरिएको एक सर्वेक्षणमा ३० प्रतिशत पुरुष (र सबै वयस्कहरूको २६ प्रतिशत) ले यो भ्यालेन्टाइन डेमा प्रेम पत्र लेख्न कृत्रिम बुद्धिमत्ता उपकरणहरू प्रयोग गर्ने खुलासा गरेका छन्। यी निष्कर्षहरू म्याकफीको नयाँ ‘मोडर्न लभ’ अनुसन्धान रिपोर्टको हिस्सा हो जसले एआई र इन्टरनेटले कसरी प्रेम र सम्बन्धहरू परिवर्तन गरिरहेको छ भनी पत्ता लगाउन नौ देशका ५ हजार मानिसहरूलाई सर्वेक्षण गरेको थियो।
कम्पनीकाअनुसार अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, भारत, जापान, ब्राजिल र मेक्सिको गरी कुल ५ हजार १०९ जनाले सर्वेक्षण पूरा गरेका थिए ।
म्याकफीका अनुसार, एआईलाई घोस्ट राइटरको रूपमा प्रयोग गर्ने सबैभन्दा महत्त्वपूर्ण कारण यो हो कि यसले तपाईंलाई थप आत्मविश्वास महसुस गराउनेछ।
भ्यालेन्टाइन डे २०२३ मा च्याटजीपीटी (ChatGPT) मार्फत प्रेम पत्र कसरी लेख्ने ?
तर स्मरण रहोस् च्याटजीपीटीमा नेपाली भाषाको प्रयोग त्यति धेरै राम्रो र प्रसस्त भएको देखिँदैन्। हामीले गरेका केहि प्रयोगमा च्याटजीपीटीले गलत भाषाहरुसहित जानकारी दिएको थियो भने अन्यले सामाजिक संजालमा शेयर गरेअनुसारका एआई अनुरोधमा पनि नेपाली भाषागत त्रुटीहरु देखिएको थियो।
प्रकाशित: २८ माघ २०७९, शनिबार