भारतीय स्मल स्याटेलाइट लन्च भेहिकलको प्रक्षेपण सफल

  • Technology Khabar | २८ माघ २०७९, शनिबार
भारतीय स्मल स्याटेलाइट लन्च भेहिकलको प्रक्षेपण सफल

काठमाडौं ।

भारतले सफलतापूर्वक आफ्नो स्मल स्याटेलाइट लन्च भेहिकल (एसएसएलभी) डी२ प्रक्षेपण गरेको छ। फेब्रुअरी १० मा भारतको श्रीहरीकोटस्थित सतिश धवन स्पेस सेन्टरबाट बिहान भारतीय समय १०ः४८ मिनेटमा उक्त स्याटेलाइट प्रक्षेपण गरेको उल्लेख गरिएको छ।

उक्त एसएसएलभी डी२ ले आफूसँग एउटा अर्थ अब्जरभेसन स्याटेलाइट (ईओएस–०७) र थप दुई अन्य को–स्याटेलाइटहरु (सह भूउपग्रहहरू) जानस१ र आजादीस्याट २ बोकेर पृथ्वीको ४५० किलोमिटर वरिपरिको गोलाकार कक्ष (सर्कुलर अर्बिट) मा राखेको उल्लेख छ।

इसरोले डिजाइन र विकास गरेको ईओएस ०७ स्याटेलाइटको तौल १५६.३ केजी रहेकोछ। त्यसैगरी अमेरिकी कम्पनी एन्टारिसले निर्माण गरेको जानस १ को तौल १०.२ केजी रहेको बताइएको छ। आजादीस्याट २ स्याटेलाइटको तौल ८.७ केजी रहेको र यस स्याटेलाइटलाई स्पेस किड्ज इन्डियाको निर्देशनमा ७५० छात्राहरूले निर्माण गरेको उल्लेख गरिएको छ। उडानको १५ मिनेटभित्रै सम्पूर्ण मिसन सफलतापूर्वक सम्पन्न भएको बताइएको छ।

सन् २०२२ को अगस्तमा आफ्नो पहिलो उडानमा भेहिकल असफल भएको हुनाले यसपटकको मिशनको सफलता भने इसरोको लागि निकै नै महत्त्वपूर्ण मानिएको थियो।

अगस्तको उडानको क्रममा एसएसएलभी डी२ सेपरेसनको दोस्रो चरणमा समस्या भागेको थियो। रकेटमा तीव्र रूपले कम्पन सुरु भएसँगै एसएसएलभी डी२ को नेभिगेसन प्रणालीको सबै ६ ओटा एक्सेलेरोमिटरहरूलाई स्याचुरेट गरेको बताइएको छ। यसले गर्दा स्वचालित रूपमा रकेटलाई (उद्धार) स्यालभेज मोडमा धकेल्दै यसले गलत कक्षामा दुई पेलोडहरू तैनाथ गरेको थियो।

इसरोले एसएसएलभी डी२ लाई लन्चअन डिमान्ड बेसिसमा पृथ्वीको तल्लो कक्षमा स्याटेलाइटहरु प्रक्षेपण गर्नको लागि विकास गरिएको बताइएको छ। उक्त भेहिकलले अधिकतम क्षमता ५०० किलोग्राम रहेको र यसले धेरै पेलोडहरू बोक्न सक्नेछ।

आजको सफल प्रक्षेपण पछि, आईएसआरओ ले साना र माइक्रो स्याटेलाइट बजारमा व्यावसायिकताको बलियो आधार हासिल गरेको बताईएको छ।

आईएसआरओ प्रमुख एस. सोमनाथनले अब टोली २३६ वानवेब स्याटेलाइटहरू बोक्ने जीएसएलभी मार्क भीको प्रक्षेपणको तयारी गरिरहेको बताए। त्यसका साथै पुनः प्रयोगयोग्य प्रक्षेपण भेहिकलको अवतरण डेमोन्सट्रेसनकोे लागि पनि तयारी गरिरहेको उनले थप बताएका छन्।

प्रकाशित: २८ माघ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार