ईभी विकास गर्न होन्डाले ओहायोबाट थप २३७ मिलियन डलर प्राप्त गर्ने

  • Technology Khabar | २७ माघ २०७९, शुक्रबार
ईभी विकास गर्न होन्डाले ओहायोबाट थप २३७ मिलियन डलर प्राप्त गर्ने

काठमाडौं ।

होन्डा मोटर ओहायोको आर्थिक विकास कार्यालयबाट एक दशकमा विद्युतीय सवारीसाधन (ईभी) ब्याट्री उत्पादनमा अटोमेकरको लगानीलाई समर्थन गर्न र कम्पनीलाई ईभी उत्पादनमा ट्रान्जिसन गर्न मद्दत गर्नका लागि थप २३७ मिलियन अमेरिकी डलर लगानी सहायता प्राप्त गर्ने तयारीमा रहेको स्थानीय रिपोर्टहरूमा उल्लेख गरिएको जस्ट अटोले जनाएको छ।

ओहायो अमेरिकामा होन्डाको मुख्य सवारी साधन उत्पादन गर्ने राज्य हो जहाँ यससँग ३ ओटा गाडी एसेम्बली प्लान्टहरू र इन्जिन र ट्रान्समिसन कारखानाहरू छन्। अटोमेकरसँग अलाबामा र इन्डियानामा कारखानाहरू पनि छन्, जसले यसलाई ४२१ बिलियन डलरको सञ्चित लगानी पछि प्रति वर्ष १ मिलियन भन्दा बढी होन्डा र अकुरा गाडीहरू र ३० मिलियन इन्जिनहरूका लागि अमेरिकामा क्षमता प्रदान गर्छ।

नयाँ फन्डमध्ये अधिकतम १४० मिलियन अमेरिकी डलर दक्षिण कोरियाको एलजी इनर्जी सलुसन –एलजीईएस)सँग ४० गिगावाट हावर ब्याट्री सेल संयुक्त उद्यम प्लान्टको निर्माणको लागि अनुदानको रुपमा उपलब्ध गराइनेछ। हाल ओहायोमा निमाण भइरहेको छ।

गत वर्ष घोषणा गरिएको ४.४ बिलियन अमेरिकी डलरको फ्याक्ट्री गत वर्ष एलजीईएसको ५१ र होन्डाको ४९ प्रतिशत सेयरमा २०२५ मा सम्पन्न हुने तालिका थियो।

थप ८७ मिलियन अमेरिकी डलर अनुदानमा होन्डालाई आफ्नो सवारी साधन र कम्पोनेन्ट उत्पादन कारखानाहरु पुन निर्माण गर्न, ओहायोमा ईभी उत्पादन केन्द्र स्थापना गर्न, साथै कार्यबल विकासका लागि थप १० मिलियन अनुदान सहयोग गर्न विनियोजन गरिएको थियो।

होन्डाले ओहायोमा आफ्नो प्लान्टहरु अपग्रेड गर्न ईभी र सम्बन्धित कम्पोनेन्टहरु उत्पादन गर्न ७०० मिलियन अमेरिकी डलर लगानी गरिरहेको बताएको छ।

यो नयाँ अनुदानहरु ओहायो राजयले अटोमेकरलाई पहिले नै प्रदान गरेको कर प्रोत्साहन र पूर्वाधार सुधारहरुको १५६ मिलियन अमेरिकी डलरको अतिरिक्त थियो। जुन ईभी र इलेक्ट्रोनिक्स लगायत नयाँ प्रविधिको लागि प्रमुख हब बन्न चाहन्छ।

गत वर्ष अमेरिकी चिप निर्माता इन्टेलले कोलम्बस बाहिरको नयाँ फ्याबमा २० बिलियन अमेरिकी डलर लगानीको घोषणा गरेको थियो।

प्रकाशित: २७ माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...