शाओमी १३ सिरिजको ग्लोबल लन्च फेब्रुअरी २६ मा

  • Technology Khabar | २७ माघ २०७९, शुक्रबार
शाओमी १३ सिरिजको ग्लोबल लन्च फेब्रुअरी २६ मा

काठमाडौं ।

गत वर्षको डिसेम्बरमा चीनमा अनवरण गरिएको शाओमी १३ सिरिज ग्लोबल लन्चको लागि तयारीमा रहेको छ। आगामी फेब्रुअरी २६ मा मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लुसी) र भारतमा एक साथ १३ प्रो विश्वव्यापी रूपमा लन्च गरिने शाओमीको भारतीय शाखाले घोषणा गरेको छ। साथै उक्त कार्यक्रमको शाओमीको आधिकारिक वेबसाइट र सोशल मिडिया अकाउण्टबाट प्रत्यक्ष प्रसारण गरिने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

प्राप्त भएको प्रेस नोटमा शाओमी १३ को बारे केही उल्लेख नभए तापनि लेई जुनले “द शाओमी १३ सरिज लन्च ईभेन्ट ईज अन फेब्रुअरी २६!” लेखि ट्वीट गरेको बताइएको छ। तसर्थ लेई जुनले प्रयोग गरेको “सिरिज” शब्दले भेनिला मोडल पनि प्रो भर्सनको साथ फेब्रुअरी २६ मा विश्वव्यापी रूपमा डेब्यु गर्न सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

शाओमी १३ प्रोमा स्न्यापड्रागन ८ जेन २ एसओसीका साथै १२जीबी र्याम र ५१२जीबी स्टोरेज समावेश गरिएको छ। साथै यस १३ प्रोले एन्ड्रोइड १३–बेस्ड एमआईयूआई १४ संचालन गर्ने बताइएको छ। त्यसैगरी १३ प्रोमा गोरिल्ला ग्लास भिक्टसद्वारा प्रोटेक्टेड ६.७३ इन्चको क्यूएचडी प्लस १२०हर्ज एलटीपीओ ओएलईडी रहेको छ।

शाओमी १३ प्रोको उक्त डिस्प्लेमा बायोमेट्रिक अथेन्टिकेसन (प्रमाणीकरण) को लागि फिङ्गरप्रिन्ट स्क्यानर र ३२ मेगापिक्सेलको सेल्फी क्यामेराको लागि सेन्टर्ड पन्च होल रहेको बताइएको छ। साथै उक्त डिस्प्लेले डल्बी भिजन सपोर्ट गर्ने र डिस्प्लमा एचडीआर प्लस पनि रहेको बताइएको छ।

५०.३–मेगापिक्सेलको प्राइमरी (ओआईएस सहित), ५०–मेगापिक्सेलको टेलिफोटो र ५०–मेगापिक्सेलको अल्ट्रावाईड युनिट गरि शाओमी १३ प्रोमा ट्रिपल क्यामरा सेटअप रहेको बताइएको छ। उक्त क्यामरा सेटअपले लाईका–ब्रान्डेड लेन्स प्रयोग गरेको उल्लेख गरिएको छ।

शाओमी १३ प्रोमा १२० वाट वायर र ५० वाट वायरलेस चार्जिङ सपोर्ट गर्ने ४,८२० एमएएचको ब्याट्री रहेको उल्लेख गरिएको छ। साथै १० वाटको रिभर्स वायरलेस चार्जिङ पनि सपोर्ट गर्ने बताइएको छ।

त्यसैगरी शाओमी १३ मा पनि स्न्यापड्रागन ८ जेन २ चिपसेट समावेश गरिएको छ। यद्यपी यस फोनमा कम रिजलुसन भएको स्क्रिन, सानो ब्याट्री प्याकका साथै अलग किसिमको क्यामरा सेटअप समावेश गरिएको छ।

प्रकाशित: २७ माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार