बैंक तथा वित्तीय संस्थाले सेवाको लागि सातै दिन २४ सै घण्टा कल सेन्टर संचालन गर्नसक्ने

  • Technology Khabar | २६ माघ २०७९, बिहीबार
बैंक तथा वित्तीय संस्थाले सेवाको लागि सातै दिन २४ सै घण्टा कल सेन्टर संचालन गर्नसक्ने
सांकेतिक तस्बिर।

काठमाडौं ।

अब बैंक तथा वित्तीय संस्थाले आफ्नो सेवाग्राहीको सुबिधाका लागि सातै दिन र २४ सै घण्टा कल सेन्टर संचालन गर्न सक्ने भएका छन्।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख” र “ग”वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संसोधन गर्दै बैंक तथा वित्तीय संस्थाको सेवामा सहजीकरण गरिदिएको हो।

नयाँ निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई प्रदान गर्ने सेवा सम्बन्धी जानकारी २४×७ कल सेन्टर वा नोटिस बोर्डबाट समेत उपलब्ध गराउनु पर्नेछ। यस्तो सेवा उपलब्ध गराएवापत ग्राहकसंग कुनै किसिमको शुल्क लिन पाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

प्रकाशित: २६ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...