
काठमाडौं ।
एथर इनर्जीको एथर ४५० एक्समा आगो लागेको छ। एक प्रयोगकर्ताले ट्विटरमा भिडियो पोष्ट गरेपछि एथर ४५० एक्समा आगलागीको विषय बाहिर आएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
एथरले आफ्नो उत्पादनमा भएको कमजोरीका कारण आगलागी नभएको जनाएको छ। गलत तरिकाबाट लगाएको टर्क मोटर कन्ट्रोलरका कारण आगलागी भएको कम्पनीको भनाई छ। कन्ट्रोलरबाट झिल्का निक्लेर आगलागी भएको बताइएको छ। स्कुटरमा उपलब्ध सेफ्टी फिचर्सने स्कुटरको पावरलाई बन्द गर्ने कोसिस गरेको थियो तर वायरिङ हार्नेसले पहिले नै आगो समातेको थियो।
थर्मल त्रुटीका कारण आगलागी नभएको एथरको दाबी छ। विगतका आगलागीका घटना जस्तो ड्यासबोर्ड, ब्याट्री प्याक र बीएमएस प्रभावित भएको छैन। यो घटना ग्राहकको गल्तीका करण घटेको कम्पनीले बताएको छ। भविष्यमा यस्तो घटना रोक्नका लागि कम्पनीले टू स्टेप भेरिफिकेसन सिस्टम दिइएको छ।
यस घटनाबाट कुनै मानविय क्षति भएको छैन। विगतमा एथरको एक्सिपिरेन्स सेन्टरको एउटा स्कुटरको ब्याट्री प्याकमा पानी पसेर आगलागी भएको थियो। त्यो बाहेक कम्पनीको इलेक्ट्रिक स्कुटरमा आगलागी भएको घटना बाहिरिएको थिएन।
प्रकाशित: २६ माघ २०७९, बिहीबार