एयरपड्स प्रोमा यूएसबी-सी पोर्ट!

  • Technology Khabar | २६ माघ २०७९, बिहीबार
एयरपड्स प्रोमा यूएसबी-सी पोर्ट!

काठमाडौं ।

आईफोन एक्सको लाइटिङ्ग पोर्टलाई यूएसबी–सी कनेक्टरको साथ प्रतिस्थापन गरेर सन् २०२१ को अक्टोबरमा केन पिलोनेल हेडलाइन बनेका थिए। यसपटक भने ईन्जिनियरले फर्स्ट–जेन एयरपड्स प्रोको एक जोडीमा फङसनल यूएसबी–सी पोर्ट थपेको बताइएको छ।

उक्त प्रक्रियामा यूएसबी–सी कनेक्टरको साथ नयाँ सर्किट बोर्डको विकास र प्रिटिङका समावेश रहेको र कस्टम पीसीबी नयाँ एयरपड्स केसमा फिट गर्नका लागि थ्रीडी प्रिटिङ गरिएको बताइएको छ।
त्यसैगरी पूर्ण नयाँ सर्किट बोर्ड डिजाइन र थ्रीडी प्रिन्टिङ गरि उक्त परियोजनामा ट्रायल एण्ड इरर का धेरै नमूनाहरू समावेश रहेको उल्लेख गरिएको छ। साथै सही उपकरण भएको खण्डमा एयरपड्सलाई यूएसबी–सी सहित रूपान्तरण गर्नका लागि आवश्यक पर्ने योजनाहरू (स्केम्याटिक्स) गीटहबमा पोस्ट गरिएको बताइएको छ।

प्रकाशित: २६ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...