अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा विद्युतीय सिँढीमा यात्रु लड्ने समस्या समाधानः उड्डयन प्राधिकरण

  • Technology Khabar | २६ माघ २०७९, बिहीबार
अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा विद्युतीय सिँढीमा यात्रु लड्ने समस्या समाधानः उड्डयन प्राधिकरण

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा विद्युतीय सिँढीमा यात्रु लड्ने समस्या समाधान भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बिहीबार विमानस्थलको यात्रु सेवा सुविधा, सरसफाई तथा समग्र सेवा प्रवाहको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्दा प्राधिकरणले उक्त जानकारी दिएको हो।

मन्त्रीले यस अघि विमानस्थल सरसफलाईको उच्चतम स्तर कायम हुनुपर्ने। शौचालयमा मधुर धुन जाडन गर्नुपर्र्नेे। अन्तर्राष्ट्रिय आगमन तर्फ रहेको आईएमएस ग्रुपद्वारा संचालित विधुतीय सिंढी मा देखिएको समस्या यथाशिघ्र समाधान हुनुपर्ने। उक्त स्थानमा यात्रु चापलाई धान्न सक्ने थप लिफ्ट को व्यवस्था हुनुपर्ने। ट्रलिहरु हरहमेशा चुस्तदुरुस्त अवस्थामा पर्याप्त संख्यामा रहनुपर्ने। विमानस्थल परिसरको खर घाँस सरसफाई नियमित रुपमा हुनुपर्ने। विमानस्थलबाट यात्रा गर्ने यात्रुहरुको लागि आवश्यक साइनेटहरु स्पष्ट र सबैले बुझ्ने हुनुपर्ने लगायत विमानस्थलको समग्र पक्षमा प्रदान गर्नु  निर्देशन दिएका थिए।

प्राप्त निर्देशन अनुसार अन्तर्राष्ट्रिय आगमन क्षेत्रमा विधुतिय सिँढीमा यात्रु लड्ने समस्या पूर्ण रुपमा समाधान भएको साथै उक्त स्थानमा दश जना सम्म अटाउन सक्ने क्षमताको थप एक थान लिफ्टको व्यवस्थाको लागि आवश्यक कार्वाही अगाडी बढाईएको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ। विमानस्थलको आन्तरिक एवं अन्तर्राष्ट्रिय टर्मिनल भवनको सम्पुर्ण क्षेत्रमा सरसफाईको उच्चतम स्तर कायम गर्न मिति २०७९ माघ २४ गते देखि यात्रु चाप नरहेको समय (रात्री १२ बजे देखि विहान ६ बजे सम्म) पारि डिप क्लिनिङको व्यवस्था मिलाईएको बताइएको छ। शौचालयहरुमा मधुरधुन जडानका साथै क्यूआर स्क्यानिङको माध्यमबाट सरसफाई कार्यको पृष्ठपोषणका लागि अनलाइन प्यासेन्जर फिडब्याक सिस्टमसञ्चालन गरिएको छ। समस्या देखिएका ट्रलीहरुको मर्मत कार्यका लागि विमानस्थलमा ट्रली मर्मत केन्द्रको स्थापना गरि मर्मत कार्य जारी रहेको र केही दिन भित्र पहिलो चरणको मर्मत कार्य सम्पन्न हुने प्राधिकरणको भनाई। अपुग थप ५०० ट्रली खरिदका लागि टेण्डर भई मुल्यांकनको चरणमा रहेको र ट्रलीका लागि चक्का लगायत अन्य आवश्यक स्पेयरपार्टस् खरिदका लागि बोलपत्र आह्वान गरिएको, विमानस्थलको टर्मिनल भवन भित्र प्रस्थान तथा आगमन क्षेत्र लगायत भवन बाहिर यात्रु आवागमन हुने मुख्य क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको साइनेज राख्ने सम्बन्धमा बोलपत्र आह्वान गरिएको छ।

साथै मन्त्रीले विमानस्थलको हवाई सुरक्षा सुदुढीकरणको लागि आवश्यक २ थान बडी स्यानर जडान गर्न पनि निर्देशन दिएका छन्।

प्रकाशित: २६ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार