
काठमाडौं ।
भारतीय रिजर्व बैंक(आरबीआई)ले भारतीय अर्थतन्त्रका लागि नयाँ प्रकारको एटीएम योजना बनाएको छ। यो आगामी नयाँ मेसिनले क्यूआर कोडमा आधारित प्रविधिमा काम गर्नेछ र त्यसबाट भारतीय सिक्का निकाल्न सकिन्छ।
आरबीआई गभर्नर शक्तिकान्त दासले बुधबार मौद्रिक नीति समिति (एमपीसी) को बैठकमा महत्त्वपूर्ण निर्णय लिएको भारतीय मिडिया एजेन्सीहरुले रिपोर्ट गरेका छन्।
यो भेन्डिङ मेसिनले उपभोक्ताको बैंक खाताबाट रकम डेबिट गरेर सिक्काहरू वितरण गर्नेछ, र यसको लागि यूपीआई क्यूआर कोड प्रयोग गर्नुपर्नेछ। साधारण एटीएम मेसिनले कागजका नोटहरू वितरण गर्छ।
गभर्नरले पायलट प्रोजेक्ट अन्तर्गत भारतीय रिजर्व बैंकले पहिलो १२ सहरमा क्यूआर कोड आधारित मेसिन जडान गर्ने बताएका छन्। यस मेसिनले भौतिक टेन्डरिङ नोटको सट्टा सिक्का वितरण गर्नेछ। यसले बजारमा सिक्काको संख्या बढाउनेछ। प्रारम्भिक चरणमा देखिएका समस्यालाई थप हटाएर अन्य सहरमा पनि यी मेसिन जडान गरिनेछ।
आरबीआईकाअनुसार एक पायलट परियोजना शुरु गर्न गइरहेको छ, जुन क्यूआर कोडमा आधारित सिक्का भेन्डिङ मेसिन हुनेछ। यसबाट सिक्का निकाल्न क्यूआर कोड स्क्यान गर्नुपर्छ। यो पेटीएम र फोनपेबाट कोड स्क्यान गर्नु जस्तै हुनेछ।
यसको सहयोगमा केन्द्रीय बैंकले भारतीय अर्थतन्त्र भित्र सिक्काको वितरण बढाउन र यसलाई सबैको पहुँचयोग्य बनाउन चाहेको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: २६ माघ २०७९, बिहीबार