काठमाडौं ।
क्याननले २४ मेगापिक्सेलको ईओएस आर८ नामक अहिलेसम्मको सबैभन्दा सस्तो फुल–फ्रेम क्यामेरा लन्च गर्दै सोनी लगायत अन्य प्रतिस्पर्धिहरूलाई निशब्द पारेको छ। आर५० एपीएस–सी मोडलसँगै लन्च गरिएको उक्त २४–मेगापिक्सेलको ईओएस आर८ मिररलेस क्यामेरा कम बजेट भएका फोटोग्राफर र भिडियो सिर्जनाकर्ताहरूलाई लक्षित गरि ल्याइएको बताइएको छ। क्याननको उक्त नयाँ फुल–फ्रेम मिररलेस क्यामेरामा अनक्रप्ड, ओभरस्याम्पल्ड ४के भिडियो अप ६० एफपीएस, ४० एफपीएस सम्मको शूटिंग गति (स्पिड) र क्याननको उत्कृष्ट डुअल पिक्सेल अटोफोकस जस्ता केही आकर्षक फिचरहरु समावेश गरिएको छ।
फोटोग्राफीको लागि आर८ को फर्स्ट–कर्टेन इलेक्ट्रोनिक शटर (आर५० मा जस्तै पूर्ण मेकानिकल शटर नभएको) ले ६० एफपीएस सम्म शूट गर्न सक्ने र इलेक्ट्रोनिक शटरको साथ ४० एफपीएस सम्म शूट गर्न सक्ने भनी उल्लेख गरिएको छ। यद्यपी छिटो चल्ने विषयहरूको लागि इलेक्ट्रोनिक मोडको रोलिङ शटरमा भने समस्या (ईस्यु) हुन सक्ने उल्लेख गरिएको छ। यस क्यामराले एकै समयमा धेरै सम्मानजनक १०० सी–रअ+जेपेग फाइलहरू सिङगल यूएचएस–२ कार्ड स्लटमा खिच्न सक्ने बताइएको छ। साथै क्यामराको अटोफोकस प्रणालीहरू पनि बलियो रहेको दाबी गरिएको छ।क्याननको डुअल पिक्सेल एएफ (अटोफोकस) का साथ मानिस, जनावर र सवारी साधनहरूका लागि एआई सब्जेक्ट डिटेक्सन प्रयोग गरी विषय पत्ता लगाउन सकिने थप उल्लेख गरिएको छ।
भिडियोको लागि ६के ओभरस्याम्पलिङको साथ ६० एफपीएस सम्मको ४के भिडियो खिच्न सकिने र १८० एफपीएस सम्मको फुल एचडी भिडिया पनि खिच्न सकिन बताइएको छ। साथै मूल्यलाई विचार गर्दा क्यामराले प्रदान गर्ने उक्त भिडियो क्वालिटि धेरै प्रभावशाली भएको बताइएको छ। इडिटिङ–मैत्री एएलएल–आई क्याप्चरले ४७०एमबीपीएस डाटा रेट साथ ४के ३०पी सम्म सपोर्ट गर्ने बताइउको छ। यस क्यामराले लगातार दुई घण्टासम्म रेकर्डिङ गर्ने बताइएको छ। यद्यपि ४के ६०पी र १८० एफपीएस फुल एचडीको शूटिंग समय थर्मल रूपमा लगभग ३० मिनेटमा सीमित रहेको बताइएको छ। यस क्यामराले १०–बिट एचडीआर पीक्यू वा क्यानन लग–३ भिडियो शूट गर्न सकिने भएकोले बजेट भ्लगिङ क्यामेराको रुपमा एकदमै राम्रो हुने भनी उल्लेख गरिएको छ।
इओएस आ६ २मा जस्तो यस क्यामरामा ५–एक्सीस इन– बडि स्ट्यबीलाईजेसन नभएको बताइएको छ। यद्यपि, यस क्यामरामा समर्थित लेन्सहरू र क्याननको मूभी डिजिटल आईएसको साथ अप्टिकल स्ट्यबीलाईजेसन भने रहेको र त्यसले गर्दा लेन्स स्थिरीकरणको लागि काम गर्ने बताइएको छ।
त्यसैगरी ४के ६०पी सम्म सपोर्ट गर्ने माईक्रो–एचडीमाई पोर्ट, माईक र हेडफोन पोर्ट, एलपी–ई१७ ब्याट्रीका साथै यूएसबी वेबक्याम सपोर्ट जस्ता अन्य फिचरहरु क्यामरामा रहेको बताइएको छ। क्यामराको१.६२ मिलियन डट भएको ३–इन्चको डिस्प्ले भ्लगरहरूले बाहिर फ्लिप गरि प्रयोग गर्न उत्तम हुने बताइएको छ। तर २.३६ मिलियन डट्स रिजोल्युसनको क्यामराको ओएलईडी इलेक्ट्रोनिक भ्यूफाइन्डर लो–इण्ड यूनिट रहेको बताइएको छ।
प्रकाशित: २६ माघ २०७९, बिहीबार