तेलंगानाले भारतको ई-मोबिलिटी ट्रान्जिसनमा निर्णायक भूमिका खेल्ने

  • Technology Khabar | २६ माघ २०७९, बिहीबार
तेलंगानाले भारतको ई-मोबिलिटी ट्रान्जिसनमा निर्णायक भूमिका खेल्ने

काठमाडौं ।

तेलंगानाले इलेक्ट्रिक सवारी साधनलाई अपनाउन प्रोत्साहन प्रदान गर्न प्रतिबद्ध छ र भारतको ई-मोबिलिटी ट्रान्जिसनमा भूमिका खेल्ने लक्ष्य राखेको आईटी, उद्योग र वाणिज्य राज्यमन्त्री केटी रामा रावले बुधबार बताए।

हैदरावाद ई-मोबिलिटी सप्ताह अन्तर्गत हैदराबाद ई-मोटर शोको पहिलो संस्करणमा बोल्दै रामा रावले भने ‘तेलंगाना स्थिरता र स्वच्छ ऊर्जा अपनाउने अग्रगामी रहेको छ, जबकि हामी भारतलाई आत्मनिर्भर बनाउनमा केन्द्रित छौं।’

‘हाम्रो प्रगतिशील ईभी अपनाउने नीति, र २४ घण्टा ७ दिन बिजुली उपलब्ध गराउने हाम्रो क्षमताको साथ, हामी भारतको मोबिलिटीमा सबैभन्दा ‘विद्युतीकृत राज्य’ बन्ने लक्ष्य राख्छौं,’ रामा रावको आधिकारिक विज्ञप्ति उल्लेख गरिएको इकोनोमिटाइम्सले उल्लेख गरेको छ।

‘हामी दृढ विश्वास गर्छौं कि भारत उत्पादनको हबको रूपमा विकास गर्न विद्युतीय सवारी साधन र यसको आपूर्ति श्रृंखलाको सम्बन्धमा राम्रोसँग सुसज्जित छ,’ उनले भने।

तेलंगानाले व्यापक रूपमा पछ्याइरहेको विभिन्न घटकहरूको उत्पादन ल्याउने रणनीति अनुरुप सेल उत्पादन, सेल कम्पोनेन्ट निर्माण, ब्याट्री स्वापिङ स्टेशन, दुई पांग्रे, तीन पांग्रे र बसमा ईभी निर्माणमा अघि बढ्ने रणनीति अनुरुप राज्यमा लिथियम रिफाइनिङको दिशामा छ।

‘हैदराबाद भारतमा एडीएएस, डिजिटल ककपिट सलुसन, भी२एक्स कनेक्टिभिटी र अटोमोटिभ साइबर सुरक्षा सहित उन्नत अटोमोटिभ प्रविधिहरूको विकासमा अग्रणी छ। आगामी वर्षमा, हैदरावाद ई–मोटर शो अटोमोबाइल कम्पनीहरूका लागि उनीहरूको नेक्स्ट–जेन ईभी मोडेलहरू लन्च गर्न र प्रदर्शन गर्न अग्रगामी प्लेटफर्म साबित हुनेछ,’ मन्त्रीले भने।

प्रकाशित: २६ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...