
काठमाडौं ।
फक्सवागनले आफ्नो अल इलेक्ट्रिक आईडी.४ क्रसओभरको करिब २१ हजार युनिट फिर्ता बोलाएको छ। पावर गुमाउनुका साथै ड्राइभ गर्दा रोकिने समस्य देखिएकाले कम्पनीले २१ हजार यूनिट इलेक्ट्रिक आईडी.४ रिकल गरेको इनसाइडईभीले उल्लेख गरेको छ।
समस्या उच्च–भोल्टेज ब्याट्री नियन्त्रण गर्ने सफ्टवेयरसँग छ, जसले निश्चित परिस्थितिहरूमा आफैलाई रिसेट गर्न सक्छ र यसको रिसेटको क्रममा पल्स इन्भर्टरलाई निष्क्रिय पार्न सक्छ। नतिजाको रुपमा कारको इलेक्ट्रिक मोटरले शक्ति गुमाउन सक्छ।
२६ मे २०२० र २० जनवरी २०२२ को बीचमा निर्माण भएको २० हजार ९०४ आईडी.४ यस्तो समस्याबाट प्रभावित छन्। यो समस्या शुरुमा जलाई २०२१ मा देखिएको थियो। तर सेप्टेम्बरसम्म जर्मन ब्रान्डले स्टेरिङ र ब्रेकिङ फिङसन प्रभावित नभएकाले ड्राइभरहरु खतरामा नभएको भनेर निष्कर्ष निकालेको थियो।
यद्यपि अनुसन्धान रोकिएको थिएन र जनवरी २०२ मा फक्सवागनका आपूर्तिकर्ता अघि आएर पल्स इन्भर्टर सफ्टवेयरमा समस्या भएकाले ईभी गुडिरहेको अवस्थामा रोकिन सक्ने बताएका थिए।
नयाँ ईभीहरु यस समस्याबाट प्रभावित नभएको फक्सवागन ग्रुपको दाबी छ। २० जनवरी २०२२ पछि निर्माण भएका ईभीमा नयाँ सफ्टवेयर भर्सन प्रयोग गरिएकाले यी सुरक्षित हुने बताइएको छ।
प्रकाशित: २६ माघ २०७९, बिहीबार