Technology Khabar २६ माघ २०७९, बिहीबार
काठमाडौं ।
ब्लूमबर्गका अनुसार एप्पलले अर्को वर्ष चाँडै आफ्नो इन-हाउस स्क्रिन टेक्नोलोजीको साथ आफ्नो मोबाइल उपकरणहरूको डिस्प्ले प्रतिस्थापन गर्न थाल्नेछ। टेक जायन्टले २०२४ को अन्त्य तिर हाई एण्ड एप्पल वाचबाट शुरु गर्नेछ र डिभाइसको हालको ओलेड स्क्रिनहरू आफ्नै माइक्रोएलईडी प्रविधिको साथ स्वाच गर्नेछ।
ब्लूमबर्गका अनुसार एप्पलको घरमा विकसित डिस्प्ले आईफोन सहित अन्य डिभाइसमा पनि प्रयोग हुनेछन्। नयाँ डिस्प्ले थप भाइब्रेन्ट रङहरूको साथ ब्राइटर हुनुका साथै वाचफेस जस्तै देखिन्छ र अन्य कन्टेन्ट ग्लासको टपमा चित्रित गरिएको जस्तो देखिन्छ। साथै, यसलाई एन्गलबाट राम्रोसँग हेर्न सकिन्छ।
ब्लूमबर्गले पहिलो पटक सन् २०१८ मा एप्पलले आफ्नै डिस्प्ले निर्माण गरिरहेको भनेर रिपोर्ट प्रकाशित गरेको थियो। एप्पलले शुरुमा २०२० मा आफ्नो डिस्प्ले पेश गर्न काम गरिरहेको थियो, तर लागत र विकासँंग सम्बन्धित प्राविधिक चुनौतिका कारण उक्त समयमा सम्भव हुन सकेको थिएन।
ती समान समस्याहरूले कम्पनीको योजना अनुसारको ठूला डिस्प्लेहरू समावेश गर्नबाट रोकेको थियो र वाचलाई यसको इन–हाउस स्क्रिनको साथ पहिलो डिभाइस बनाउनमा ध्यान केन्द्रित गर्न प्रेरित गरेको थियो।
ढिलाइ र सम्भावित भविष्यको ढिलाइको बावजुद एप्पलले डिस्प्लेको डेब्यू २०२५ मा गर्न सक्छ। ब्लूमबर्गका स्रोतहरूका अनुसार यो एप्पलको सबैभन्दा महत्वपूर्ण परियोजनाहरू मध्ये एक हो। रिपोर्ट अनुसार टेक जायन्टले डिस्प्लेको विकासमा धेरै बिलियन डलर खर्च गरेको छ र पहिले नै एप्पल वाच अल्ट्राको अपडेटमा नयाँ स्क्रिनको परीक्षण गरिरहेको छ।
एप्पलले सान्ता क्लारा, क्यालिफोर्नियाको आफ्नो प्लान्टमा स्क्रिनहरू निर्माण गर्ने परीक्षण पनि गरिरहेको छ, यद्यपि यसले अन्ततः यसको ठूलो उत्पादनलाई आउटसोर्स गर्न पनि सक्छ।
प्रकाशित: २६ माघ २०७९, बिहीबार