वानप्लस फिचरिङ किबोर्ड ८१ आधिकारीक रुपमा अनावरण

  • Technology Khabar | २६ माघ २०७९, बिहीबार

काठमाडौं ।

वानप्लसले आफ्नो सबैभन्दा व्यस्त कार्यक्रमलाई आफ्नो पहिलो (मेकानिकल) किबोर्ड र ल्याटेस्ट टिभी अनावरण गरेर समापन गरेको छ। साथै यस बर्षको अन्त्यमा उक्त किबोर्ड र टिभी भारतीय बजारमा आउँने विवरण जीएसएमएरिनाले उल्लेख गरेको छ।

वानप्लस फिचरिङ ब्राण्ड अन्तर्गतको ‘वानप्लस फिचरिङ किबोर्ड ८१ प्रो पहिलो’ डिभाइस भएको बताइएको छ। उक्त डिभाइसले नयाँ “को–अपरेसन प्लेटफर्म” एउटा नयाँ “सह–निर्माण प्लेटफर्म“ मार्फत वानप्लसलाई लोकप्रिय किबोर्ड निर्माता कीक्रोनसँग जोडेको छ।

उक्त नयाँ वानप्लस फिचरिङ किबोर्ड ८१ प्रो कीक्रोनको क्यु प्रो मेकानिकल किबोर्ड जस्तै मिल्दोजुल्दो रहेको छ। उक्त नयाँ वानप्लस फिचरिङ किबोर्ड ८१ प्रो किबोर्डमा ८१ ओटा किजहरु रहेको र यूएस लेआउटमा उपलब्ध हुनेछ। त्यसैगरी सीएनसी–मेसिन एल्युमिनियम केसिङ रहेको नयाँ किबोर्डमा बिल्ट–इन आरजीबी पनि रहेको उल्लेख गरिएको छ।

त्यसैगरी नयाँ किबोर्डमा बिल्ट–इन ब्लुटुथ ५.१ रहेको र किबोर्डलाई यूएसबी–सी पोर्ट मार्फत पनि हुक गर्न सकिने बताइएको छ। किबोर्ड भित्र रहेको ४,००० एमएएच ब्याट्री आरजीबी सँग (न्यूनतम) लोएस्ट ब्राइटनेस लेबलमा १०० घण्टा टिक्ने थप उल्लेख गरिएको छ।वानप्लसको उक्त नयाँ मेकानिकल किबोर्ड अधिक (स्पर्श) ट्याक्टिल रहेको “विन्टर बोनफाएर” र लिनियर “समर ब्रिज” गरि दुई प्रकारको स्विचहरुमा उपलब्ध हुने बताइउको छ। “विन्टर बोनफाएर” को किक्यापहरु पीबीटी प्लास्टिकबाट बनेको र “समर ब्रीज” किक्यापहरूमा वानप्लसले भन्ने गरेको ‘मार्बल–म्यालो’ प्रयोग गरिएको बताइएको छ।

उक्त नयाँ मेकानिकल किबोर्ड ल्याप्टप–स्टाइलको लेआउटमा (नमप्याड बिनाको) रहेको र हट–स्वापएबल मार्फत डिसोल्डर नगरिकनै स्विचहरू फेर्न सकिने बताइएको छ।किबोर्डको पछाडि रहेको अलर्ट स्लाइडर र कस्टमाइज गरि विभिन्न फिचरहरु ट्रिगर गर्न सकिने रोटरी नब जस्तो फिचरहरुले उक्त वानप्लस फिचरिङ किबोर्ड ८१ प्रो लाई अन्य किबोर्ड भन्दा भिन्न बनाएको दाबी गरिएको छ।

वानप्लस फिचरिङ किबोर्ड ८१ प्रो आगामी अप्रिल महिनादेखि विक्रि गरिने छ। कीक्रोनको मूल्य १९९ अमेरिकी डलर रहेको छ भने वानप्लसको उक्त नयाँ किबोर्डको मूल्यको बारे केही पनि विवरण सार्वजनिक नभएको बताइएको छ।

प्रकाशित: २६ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया