Technology Khabar २६ माघ २०७९, बिहीबार
काठमाडौं ।
भारतमा जनवरी २०२३ मा इलेक्ट्रिक कारको बिक्री घटेको छ। फेडरेशन अफ अटोमोबाइल डिलर्स एसोसिएशन (एफएडीए)को रिपोर्ट अनुसार जनवरीमा इलेक्ट्रिक कारको बिक्र ि१०.५१ प्रतिशतले घटेर ३ हजार ७३९ यूनिट भएको छ।
एफएडीएको तथ्यांक अनुसार गत महिना टाटा मोटर्सको इलेक्ट्रिक कारको बिक्री २ हजार ४२६ यूनिट थियो। कम्पनीको बिक्री १७ प्रतिशतले घटेको छ। एमजी मोटर्सको ईसवारीको बिक्री १२.५५ प्रतिशतले घटेको छ। जनवरीमा एमजीले ४२५ यूनिट बिक्री गरेको छ भने डिसेम्बर २०२२ मा ईभीको बिक्री ४८६ यूनिट थियो।
अन्य ईभीको बिक्री घटे पनि चीनको बीवाईडीले भने १६४ प्रतिशतको वृद्धि दर हासिल गरेको छ। बीवाईडीले जनवरीमा भारतमा १३२ यूनिट इलेक्ट्रिक कार बिक्री गर्न सफल भएको छ। डिसेम्बर २०२२ मा कम्पनीले ५० यूनिट ईकार बिक्री गरेको थियो। बीएमडब्लइूको बिक्री डिसेम्बर २०२२ को तुलनामा २९ यूनिटले बढेर जनवरी २०२३ मा १२३ यूनिट पुगेको छ।
हुन्डाई मोटर्स इन्डियाले पछि अघिल्लो महिनाको तुलनामा गत महिना सामान्य वृद्धि प्राप्त गरेको छ। डिसेम्बर २०२२ मा ९१ यूनिट बिक्री गरेको हुन्डाईले जनवरी २०२३ मा १११ यूनिट बिक्री गरेको छ।
यस्तै कमर्शियल इलेक्ट्रिक कारको बिक्री पनि घटेको छ। एफएडीएको अनुसार कमर्शियल इलेक्ट्रिक कार डिसेम्बर २०२२ मा १७० यूनिटको तुलनामा जनवरी २०२३ मा केबल १३१ यूनिट रहेको छ।
डिसेम्बर २०२२ मा ३३ हजार ९४९ यूनिट तीन पांग्रे ईभी बिक्री भएकोमा जनवरी २०२३ मा पनि समान संख्यामा बिक्री भएको छ। डिसेम्बर २०२२ को तुलनामा जनवरी २०२३ मा इलेक्ट्रिक दुई पांग्रेको बिक्री १५ यूनिटले बढेको छ। जनवरीमा इलेक्ट्रिक दुई पांग्रे ६४ हजार ३६४ यूनिट बिक्री भएको थियो।
प्रकाशित: २६ माघ २०७९, बिहीबार